समय : ०५:१९ pm | शुक्रबार , वैशाख ४ गते २०८३

ताप्लेजुङमा मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको बृहत कबिता गोष्ठी सन्चालन,

सेवालुङ खवर | श्रावण ३१ गते २०८२

ताप्लेजुङ/ ताप्लेजुङमा मुक्कुम्लुङ साहित्य प्रतिष्ठान कबिता गोष्ठी आयोजना गरिएको छ । उक्त गोष्ठी कार्यक्रम मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको आयोजनामा कबिता गोष्ठीे सन्चालन गरेको हो । सहित्यलाई उजागर गर्नका लागि गत महिना मात्र गठन गरेको थियो । प्रतिष्ठानले आज कबिता गोष्ठी सन्चालन गरेको छ । गोष्ठी कार्यक्रममा जिल्लाका अग्रज तथा उदयमान साहित्यकारहरुले आ–आफ्ना रचनाहरु पनी बाचन गरेका थिए । साहित्य क्षेत्रमा उर्जावान शिल भएर निरन्तर कलम चलाई रहने अग्रज सहित्यकार लेकाली कान्छा मुक्कुम, होमनाथ दाहाल, उदय भट्टराई, नबराज आचर्य, अग्रज गायक भरत गुरुङ, मित्र लिङेद्न, प्रशान्त लेखक, देवानसिङ मादेन (बिरही कान्छा सुब्बा), मनिश हेल्लोक, सीता पिरती, लिला आंसु असफल लगायतले आ–आफ्ना रचनाहरु बाचन गरेका थिए। गोष्ठी कार्यक्रममा २३ जना श्रष्टाले रचना बाचनहरु गरेको मुक्कुम्लुङ साहित्य प्रतिष्ठानका सचिब बिरही कान्छा सुब्बा देवानसिंङ मादेनले बताउनु भयो । गोष्ठी कार्यक्रममा सहभागी हुने केही श्रष्टाहरुले मातृभाषामा समेत रचना प्रस्तुती गरेको थियो । साहित्यलाई संरक्षण गर्नका लागी, अग्रज श्रष्टाको अनुभव सुन्न तथा नयाँ पुस्तालाई समेत सहित्यप्रती आकर्षित गर्न गोष्ठी आयोजना गरिएको मुक्कुम्लुङ साहित्य प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले गोष्ठीमा रचना बाचन गर्ने श्रष्टालाई प्रशंसा पत्र समेत प्रदान गरेको थियो । गोष्ठी कार्यक्रममा कोशी प्रदेशका पुर्ब मन्त्री बल बहादुर साम्सोहाङको प्रमुख आतिथ्यतामा सम्पन्न गरएको ताप्लेजुङ मुक्कुम्लुङ साहित्य गोष्ठी प्रतिष्ठान आयोजकले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्