समय : ०५:१८ pm | शुक्रबार , वैशाख ४ गते २०८३

मनिष हेल्लोकको अध्यक्षतामा २९ सदस्य सहित मुकुम्लुङ साहित्य प्रतिष्ठान गठन,

सेवालुङ खवर | श्रावण ५ गते २०८२

ताप्लेजुङ/ ताप्लेजुङमा मनिष हेल्लोकको अध्यक्षतामा २९ सदस्यि सहित मुकुम्लुङ साहित्य प्रतिष्ठान गठन गरेको छ । ताप्लेजुङमा साहित्य क्षेत्रतिर कलम चलाउदै आएकाहरु भेला भई ताप्लेजुङमा मुकुम्लुङ साहित्य प्रतिष्ठान गठन गरेको हो । सदरमुकाम फुङलिङ बजारमा पत्रकार सम्मेलन गर्दै मनिष हेल्लोकको अध्यक्षतामा २९ सदस्यि चयन गरिएको थियो । त्यस्तै प्रतिष्ठानका कार्यसमितीमा उपाध्यक्ष मणी सेम्बु,नवराज आचार्य र मुक्साम लाबुङ,माहासचिवमा पोमु केछाङ,सिता पिरती साँबा,सचिवमा देवानसिङ मादेन,सह सचिव केवि किराती,कोषाअध्यक्षमा लिला आँशु सुनुवार चयन भएका छन् । मुकुम्लुङ साहित्य प्रतिष्ठान गठन भएपछी साहित्यिक शमावेशि र संरक्षण साहित्यिक विषयगत कार्याक्रमहरुमा प्रशिक्षण तथा कार्यावन्यमा लैजाने लक्ष समेत मुकुम्लुङ साहित्य प्रतिष्ठानले सार्वजानिक गरेको थियो । मुकुम्लुङ साहित्य प्रतिष्ठानले अघि बढाएको आगामी तिन ओटा योजनाहरु यथा सिघ्ररुपमा तत्कालै कार्यावन्यमा लैजाने मुकुम्लुङ साहित्य प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकले बतउनु भयो । योजनाहरु सगैं स्थानीय गाउँ घर,कुना कन्दरामा पुर्याउने त्यस्तै अन्य जिल्लाहरुमा र देश विदेशमा संथागतको रुपमा लैजाने साहित्यनुरागीलाई, शमावेश उक्त साहित्य लेखन विषय गतका क्षेत्रमा रहेकालाई समेट्न पर्ने ताप्लेजुङ मुकुम्लुङ साहित्य प्रतिष्ठानले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्