समय : ०१:३८ pm | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङको राजेश्वर थापा सहित तीन जनालाई राजधानीमा साहित्यिक पुरस्कार,

सेवालुङ खवर | पौष १३ गते २०८१

चन्द्र मादेन आन्छन / ३ दर्जन ज्यादाको सृजना वाचन गर्दै काठमाण्डौंमा, पौष १३ शनिवार, स्थानीय पेप्सीकोला टाउनप्लनिङ स्थित ग्लोवल पव्लिक स्कुलको सभाहलमा मनोहरा साहित्य समाजको ९६ औं मासिक शृङ्खलाको दिन नवौं वार्षिकोत्सव मनाउदै समाजका लव्धप्रतिष्ठित साहित्यकारहरुलाई प्रमाण पत्र, खास्टो र नगदले अभिनन्दन गरिएको छ । साहित्य समाजका अध्यक्ष डिल्लीराज आर्यालको सभापतित्वमा प्रमुख अतिथिहरु प्रा.डा. राजेन्द्र विमल हुनुहुन्यो भने विशेष

अतिथिहरुमा प्रल्हाद पोखरेल, उक्त विध्यालयका प्र.अ. प्राचार्य मातृका कार्की, राजेन्द्र न्यौपाने र सितल गिरीलाई आसन ग्रहण गराईएको थियो । ४ जना अभिनन्दित हुने व्यक्तित्वहरुमा ताप्लेजुङका प्रकाण्ड विद्वान एवं वरिष्ठ साहित्यकार राजेश्वर थापालाई वेदमणी मनोहरा पुरस्कार र त्रय साहित्यकारहरु वसन्त रिजाल, कृष्ण प्रसाद पौडेल जस्ताघरे र राजेन्द्र कुमार वज्राचार्यलाई मनोहरा प्रतिभा

सम्मानले पुरस्कृत गरिएको थियो । अचानक पुरस्कृतहरु मध्ये वसन्त रिजालले प्रमुख अतिथि डा. राजेन्द्र विमलको नाममा १ लाख अक्षयकोष संस्थालाई प्रदान गर्ने घोषणा गर्नुभएकोथियो । प्रमुख अतिथि प्राडा राजेन्द्र विमल द्धारा पानसमा दीप प्रज्ज्वलन गरी सामुहिक राष्ट्रिय गीतवाट थालिएको उक्त समारोहमा सभाध्यक्ष डिल्लीराज आर्यालले स्वागत मन्तव्यको साथ

संस्थाको अवधारणा गतिविधि वताउदै छन्द कवितावाट सृजना वाचन सुरुवात गर्नुभएको थियो । उक्त साहित्यिक कार्यक्रममा साहित्यकारहरु - लेखनाथ गौतम, डिवी पालुङ्वा, गँगा प्रसाद भेटवाल, कविराज घिमिरे, धरणीधर गुरांगाई, सुर प्रसाद डुम्रे, चन्द्र मादेन आन्छन, गंगादेवी कङ्स, घनश्याम प्रसाई, मान्यता कार्की, केशव ज्ञवाली, सरिता तिमल्सिना, छविलाल अधिकारी, चेवन वस्नेत, डा. मधुसुधन लामिछाने, विजया वस्नेत, अप्सरा पोखरेल, रत्न रेग्मी, राजेन्द्र कुमार

वर्तौला, पर्शुराम परासर, गीता आर्याल, सरिता घिमिरे, डा. टिपी वराकोटी, वासुदेव पौडेल, वसुन्धरा चौहान, रामचन्द्र न्यौपाने आदि झन्डै तीन दर्जन स्रष्टाहरूले नेपाली वाङमय गद्य, पद्य, कविता, लोक कथा, मुक्तक आदि पस्किनु भएको थियो । माथिका रचना प्रस्तुत गर्नुहुने सृजनशील साहित्यकारहरु सहित स्वयं अभिनन्दित पुरस्कृत व्यक्तित्वहरु राजेश्वर थापा, वसन्त रिजाल, राजेन्द्र कुमार वज्राचार्य र कृष्ण प्रसाद पौडेल जस्ताघरेले आयोजक संस्थालाई मुरीमुरी धन्यवाद दिंदै

आआफ्नो सारगर्भित सृजना र विचारहरु राख्नुभएको थियो भने, वरिष्ठ अतिथि साहित्यकारहरु सितल गिरी, राजेन्द्र न्यौपाने, प्राचार्य मातृका कार्की, प्रल्हाद पोखरेलले पनि आआफ्नो विचारहरु सहि कविता प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रमुख अतिथि प्राडा विमलले साहित्य र पुरस्कार वारे चर्चा प्रशंसा गर्नुभएको थियो । उक्त कार्यक्रमको उद्घोषकमा मनोहरा साहित्य समाजका सचिव भावकेशर वराल हुनुहुन्थ्यो भने समाजका उपाध्यक्ष एवं पुरस्कार अभिनन्दन चयन समितिका संयोजक जसध्वोज गुरुङले सवैलाई हार्दिक धन्यवाद दिनुहुदै कार्यक्रमको विसर्जन भएको घोषणा गर्नुभएको थियो ।

फोटो : तस्विर चन्द्र मादेन आन्छन /

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्