समय : ०५:२२ pm | शुक्रबार , वैशाख ४ गते २०८३

एकिकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र फक्ताङलुङ गाउँपालिका

सेवालुङ खवर | फागुन ५ गते २०८२

ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा एकिकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र राखिएको छ । एकिकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द फक्ताङलुङ गाउँपालिका स्थानीय सरकारद्धारा २०८० सालमा स्थापना गरिएको हो । फक्ताङलुङ गाउँपालिका ५ छिरुवा बजारमा एकिकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र राखिएको छ ।यस एकिकृत कृषि तथा पशु अनुसन्धान केन्द्रले स्थानीयहरुको खेती किसान जैविक मल,बोट,विरुवा,तथा पशुपंछी अनुसन्धान सम्बधी केहि तालीम हरु पनी गराउने गरेको छ । त्यस अन्तरगत स्थानीयहरुको खेती किसान जैविक मल,बोट,विरुवा,तथा पशुपंछी बाट कृषि ब्यवसाय बजार ब्यस्थापन गर्न स्थापना गरिएको हो । विषादि रहित अर्गानिक कृषी जन्य उत्पादन तथा स्वाथ्य जनवार र पशुपंक्षी ब्यस्थापन लागी फक्ताङलुङ गाउँपालिकाको लागी स्वामित्वमा रहेका एकसिकाई केन्द्र पनी हो । भिवन्न प्रकारका हिउँदे वालीहरुको चरण हरुपनी रहेको छ । फक्ताङलुङ गाउँपालिकाको स्वमित्वमा रहेको एकिकृत कृषि तथा पशुपंछी अनुसन्धान केन्द्र कृषि क्षेत्रबाट स्थानीय नागरीक हरुलाई जैविक,मल,प्राङगरिक मल,उत्पादन गर्ने,विउ विजन हरुपनी उत्पादन गराउने भएकोे फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु मुक्तीले जानकारीदिनु भएको छ ।यस एकिकृत कृषि तथा पशुपंछी अनुसन्धान केन्द्रबाट कृषि क्षेत्रलाई आत्मनिर्भर बनाएर यहाँका समग्र स्थानीयहरुको आर्थिक अवस्था सहजबनाउने स्थानीय कुषक हरुको भविष्यलाई उज्वल बनाउने पालिकाले जनाएको छ ।जैविक मल, प्राङगरिक मल,उत्पादनका लागी गर्ने,विउ विजन वडा–वडामा वितरण तालिम सामग्री जस्ता उपलब्ध गराउने पालिकाको योजना रहेको छ ।

फोटो: बसन्त लाबुङ लिम्बु,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्