समय : ०५:२२ pm | शुक्रबार , वैशाख ४ गते २०८३

मिक्वाखोेला गाउँपालिकमा फङफङदेन झरना सांस्कृतिक तथा पर्यटन मेला सञ्चालन हुने,

सेवालुङ खवर | कार्तिक ३० गते २०८२

ताप्लेजुङ/ ताप्लेजुङको मिक्वाखोेला गाउँपालिकमा आउँदो २०८२ मंसिर महिना ७ गते बाट ११ गते सम्म फङफङदेन झरना सांस्कृतिक तथा पर्यटन मेला सञ्चालन हुने भएको छ । फङफङदेन झरना पर्यटन विकास समितीको आयोजनमा फङफङदेन झरना सांस्कृतिक तथा पर्यटन मेला सञ्चालन हुने भएको हो ।फुङफुङगे झरना प्रवद्धन प्रचार प्रसार,पर्यटन मैत्री गन्त्यब्य स्थापनाको लागी लघु उत्तम ,तथा परम्परागत उत्पादनहरुको लागी,बजारीकरण सहयोग भावना जागृत गराउँदै जिल्लाको पर्यटन विकासमा सिंगो जिल्लाबासी अपनत्व जगृत गराउने उदेश्यले मेला सञ्चालन हुने भएको फङफङदेन झरना पर्यटन विकास समिती आयोजकले बताएको छ ।
१) पष्ठभूमि,
नेपालको सुदूर पूर्वोत्तर क्षेत्रमा अवस्थित ताप्लेजुङ जिल्ला क्षेत्रफलको हिसावले नेपालको तेथो ठूलो जिल्ला हो । कूल ३५४६ वर्ग कि. मि. क्षेत्र फलमा फैलिएको ताप्लेजुङ जिल्ला समुद्री, सतह ७७७ मी देखी ५६६ उचाई बीच अवस्थित छ। भारत र चिन दुवै देशसँग सिमाना जोडिएका नेपालका दुई जिल्लाहरुमा ध्यान दिएको जिल्लाको पूर्वमा भारतको सिक्किम, उत्तरमा चिनको तिब्बत, पश्चिममा पाँचथर तथा,नेहथुम र दक्षिणमा संखुवासभा जिल्ला पर्दछ । यस जिल्लाको मुख्य आयश्रोत नगदेवाली अलैची हो। कृषि, जडिबुटी तथा वन पैदावर आय श्रोतका माध्यम हुन् । जल स्रोतको उपयोग गरि हाइड्रो पावर उत्पादनको हब क्षेत्र पनि हो। पर्यटनको दिष्टिकोणले अवाह सम्भावना बोकेको यस जिल्लामा विश्वको तेश्रो तथा नेपालको दावो हिमाल ८८६ मिमं ७००० मि. भन्दा माथिका एक दर्जन हाराहारी सुन्दर हिमाल, प्रसिद्ध धार्मिकस्थल पाथीभरा, ४०० वर्ष पुरानो ऐतिहासिक दिकिछुयोलिङ बौद्ध गुम्बा, तिम्बुङ पोखरी, लोदेन, तोक्पेगोला, सिनेमा ताल, वाग्मा पोखरी, घुन्सा, ओलाङचुङगोला र टिप्तला भञ्ज्याङ पर्यटकीय गन्तव्य हुन् । १ नगरपालिका र ८ गाउँपालिका अन्तर्गत ५१ वटामा धार्मिक तथा सांस्कृतिक सम्पदा पर्यटकीय स्थल तथा मानवीय जीवनशैली आकर्षणको थलो हो । ताप्लेजुङ जिल्लामा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार विकास र प्रवद्र्धन गर्न सकेमा यस जिल्लाको आर्थिक विकासका लागि पर्यटन कोसेढुङ्गा सावित हुने निश्चित छ । विशेषगरी नेपालको ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङ बजारको उत्तरमा रहेको मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको फङफङगे झरनाको पर्यटकीय संभावनालाई उजागर सहित प्रवद्र्धन गरी प्रचारप्रसार गर्नका लागि विगत्का समयमा आयोजना भएको मेला मेलाहरूले टेवा पुयाएको देखिन्छ । यसर्थ,फुङफुङगे फरनाको धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पचार प्रसार गरि बाह्य तथा आन्तरिक पर्यटकहरुलाई भित्रयाएर व्यवसायिक पर्यटनका विकास गर्ने उद्देश्यले यही २०८२ मंसिर । ७ गते देखि ११ गते सम्मको फुङफुङदेन झरना सांस्कृतिक तथा पर्यटन मेला–२०८२ मनाउने तयारी गरिएको हो ।
२) फुङफुङगे झरनाको परिचय : नेपालको ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङ बजारको उत्तर मिक्वाखोला गाउँपालिका ४ सांवास्थित फुङफुङगे झरना नेपालको सबैभन्दा अग्लो झरना मध्ये एक हो। पर्यटन वर्ष २०२० को लागि नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागिरक उड्डयन मन्त्रालयले नेपालको पर्यटकीय सम्भावना भएका घुम्नलायक उत्कृष्ट ९०० गन्तव्यको सुचीमा छनोट गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ। ३०० मी. अग्लो चट्टानबाट खस्ने यस फुङफुङगे झरना क्षेत्रमा भारत र चीन जोड़ने सबैभन्दा छोटो सडक तमोर करिडोर सडकलगायत भौतिक पूर्वाधार निमार्ण भएसँगै पर्यटन प्रवद्र्धनका साथै झरनाको मनहक मनमोहक दृश्यले आन्तरिक तथा वाह्य पर्यटकको संख्या वर्षेनी हजारौं आगन्तुकहरुलाई आकर्षित गरी रहेकोले ताप्लेजुङ जिल्लाको पर्यटनको विकासमा ठूलो टेवा पुर्याउनेछ। ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङ बजारदेखी एक दिनको पैदल दूरी वा अलिकति हिंड्न सक्नेले करिव ५ घण्टामा पुग्न सकिने यो झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण मात्र नभएर पर्यटकीय र धार्मिक महत्त्व पनि बोकेको छ। झरनालाई शक्तिको प्रतिक मान्नुपर्छ । झरनाको फेदमा फुङफुङदेन देवीको मन्दिर पनि छ। यहाँ भक्तजनहरुले देवको पूजा हुने गरेको पाइन्छ ।
(३) मेलाको उद्देश्य: का फुङफुङदेन झरना प्रवद्र्धन र प्रचार-प्रसार गर्दै पर्यटनमैत्री गन्तव्य स्थापनाको लागी प्रयत्न गर्ने ।ख) लघु उद्यम, तथा परम्परागत उत्पादनहरुको बजारीकरणमा सहयोग गर्ने ।ग अतिथि देवी भव भावना जागृत गराउदै जिल्लाको पर्यटन विकासमा सिंगो जिल्लावासीमा अपनत्वको भावना जागृत गराउने ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्