ताप्लेजुङ/ ताप्लेजुङमा आज राष्ट्रिय कृषक महासंघ जिल्ला समन्वय समिति ताप्लेजुङको समन्यमा जिल्ला भरीका बिभिन्न समुहका कृषिका कृषकहरु एक दिने जिल्ला समन्वय हलमा तालिम सम्पन्न भएको छ । राष्ट्रिय कृषक महासंघ जिल्ला समन्वय समिति ताप्लेजुङको समन्यमा र जिल्ला भरीका बिभिन्न कृषि समुहका कृषकहरु एक दिने तालिम राष्ट्रिय कृषक महासंघ अध्यक्ष तथा भुमि समस्या समाधान आयोगका कृष्ण कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।उक्त कार्यक्रममा जिल्ला महासघका अध्यक्ष तथा भुमि समस्या समाधान आयोगका कृष्ण कुमार बस्नेत प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख छिरिङ शेर्पा,नेपालको दोस्रो कृषि बैज्ञानिक शिव यन्धो प्रमुख प्रशिक्षक ,सहायक प्रशिक्षक राजेन्द्र काफ्ले,राष्ट्रिय कृषक महासघ कोशी प्रदेशका सचिव महेन्द्र सेलिङ लगायतको उपस्थिति रहेको कृषक महासंघ अध्यक्ष तथा भुमि समस्या समाधान आयोगका कृष्ण कुमार बस्नेतले बतउनु भयो ।





फोटो : तस्विर तिल प्रसाद सुब्बा,








