समय : ०५:१४ pm | शनिबार , भाद्र २७ गते २०८३

फक्ताङलुङ गाउँपालिकाबाट याक पालन गर्नेलाई ७५ प्रतिशत अनुदान पाउने,

सेवालुङ खवर | वैशाख ३० गते २०८२

ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले याक प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका पशु पालक कृषकहरूलाई ७५ प्रतिशत अनुदान दिएर याक प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको हो । याक प्रवद्र्धन कार्यक्रममा सहभागी हुन छनौट भएका लाभग्राही कृषकहरूले २५ प्रतिशत लागत साझेदारी गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्तिले० बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ मा प्रदेश तथा स्थानीय तहमा सर्सत वित्तीय हस्तान्तरण भएको रकमबाट पशुपक्षी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ अनुसार याक प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । याक प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट रहेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय याक पालक कृषकहरू पलायन हुँदै गएको अवस्थामा उनीहरूको प्रोत्साहनका लागि पालिकाले यस कार्यक्रम सञ्चालन गर्ने भएको अध्यक्ष लिम्बूको भनाई छ । यस अधि सिरिजङ्घा गाउँपालिकाले पनि याक प्रवद्र्धनको कार्यक्रम अघि सारेको थियो । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लामा विषेश गरि फक्ताङ्लुङ गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा याक पालक कृषक रहेका छन् । साभार रेडियो तमोर,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्