ताप्लेजुङ,/ताप्लेजुङमा कञ्चनजंघा आधार शिविर क्षेत्र भित्र सिरिजङ्घा गाउँपालिकाले कञ्चनजंघा चौंरी याक प्रदर्शनी गरेको छ । । विश्वको तेस्रो अग्लो हिमाली क्षेत्र आधार शिविरमा भएको हुनाले प्रदर्शनीको उद्देश्य चौंरी याक प्रवद्र्धनतथा संरक्षण कालागी चौंरी, याक प्रदर्शनी कार्यक्रम गरिएको हो । आगामी वैशाख १३ देखि १५गते सम्ममा सिरिजङ्घा महोत्सव को अवसर पारेर चौंरी याक प्रवद्धन तथा प्रदर्शनीको कार्यक्रमको आयोजना गरिएको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष माबोल ले बताएका छन् । समुद्र सतहदेखि ४५०० मिटर उचाइमा हुने प्रदर्शनीमा उत्कृष्ट चौंरी पालकहरूलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट हुने किसानहरुलाई २८, हजार ५८६, रुपैयाँ प्रदान गरिनेछ, भने सान्त्वना पुरस्कार स्वरूप ८ हजार,५८६,रुपैयाँ उपलब्ध गराइनेछ । हालमा चौंरीपालन प्रति आकर्षण घट्दै गएकाले गर्दा यसको संरक्षण र महत्त्व उजागर गनलार्ई प्रदर्शनी आयोजना गरिएको उपाध्यक्ष माबोले भन्नुभयो । चौंरी पालन हिमाली क्षेत्रमा जीवन यापनको मुख्य आधार भएकाले गर्दा यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको पनी उहाँको भनाइ छ । ताप्लेजुङको उच्च उच्च हिमाली क्षेत्रमा किसान हरूले प्रमुख आम्दानीको स्रोत भनेकै चौंरी याक गोठ बताएका छन् । चौंरी याकबाट दुधजन्य पदार्थ जस्तैघ्यु, छुर्पी जस्ता खद्य बस्तु उत्पादन गरेर बिक्री गरेरै गुजारा चलाउर्दैै आएको पनी बताउछन् । त्यस्तै गरी याक चीनका विभिन्न बजारमा माग आउने गर्दछ । किसानले चीनमा याक निर्यात गर्नका लागि समेत याक पालन गर्ने गर्दछन् । एउटा याक एक लाख रुपैयाँ भन्दा बढी मूल्यमा चीनमा निर्यात हुने गरेको किसान हरू बताउछन् । गाउँपालिकाले आयोजना गरेको चौंरी याक प्रवद्र्धन तथा प्रदर्शन कार्यक्रमले किसान हरूलाई थप प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित कञ्चनजंघा चौंरी याक प्रदर्शनी,








