समय : ०१:१८ am | सोमबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा अलैंचीको मुल्य प्रति मन ८४ हजारले कारोबार

सेवालुङ खवर | भाद्र १७ गते २०८१

२०८१भदौ,आइतबार ताप्लेजुङ जिल्ला स्थित फुङलिङ सदरमुकाम बजारमा कालोसुन भनेर चिनिने अलैंचीको मुल्य प्रति मन ८४ हजार पुगेको छ । ताप्लेजुङ जिल्ला अलैंची ब्यवसायी संघका भद्रविर रेग्मी प्रति मन ८४ हजार रहेकोे जानकारी गराएका छन् । ताप्लेजुङको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची यसवर्ष विगत पाँच वर्ष यताकै राम्रो मूल्यमा कारोबार भएको छ । पछिल्लो केही वर्षयता निरन्तर गिरावट हुँदै आएको अलैँचीको मूल्य यस वर्षयताकै राम्रो अर्थात बढी मूल्यमा कारोबार भएको हो । यता यसवर्ष मूल्य वृद्धिसँगै जिल्लामा अलैँची उत्पादन वृद्धि भएकाले किसान तथा व्यवसायीले राम्रै फाइदा लिने भएका छन् । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये ओलाङ्चुङगोला बाहेक ६० वटा वडामा अलैँची खेती गर्ने गरिएको पाईन्छ । निरन्तर घटिरहेको अलैँचीको मूल्य यो वर्ष सुरुमै वृद्धि भएर पछि मुख्य सिजनमा पनि राम्रै मूल्यमा कारोबार हुँदा स्थानीय किसान तथा व्यवसायीमा थपिएको उत्साह कायम रहन पाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्