समय : ०३:२८ pm | बिहिबार , कार्तिक १३ गते २०८३

फ्रान्समा प्रदर्शनसँगै लुटपाट र आगजनी, एक हजार २०० जनाभन्दा धेरै पक्राउ

सेवालुङ खवर | कार्तिक ४ गते २०८३

काठमाण्डौ – फ्रान्समा विद्यालयको अवस्था र बढ्दो महँगीविरुद्ध भएको विरोध प्रदर्शनका क्रममा हिंसा भड्किएको छ । प्रदर्शनका क्रममा देशका विभिन्न शहरमा तोडफोड, लुटपाट र आगजनीका घटना समेत भएको बीबीसीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक हजार २०० जना भन्दा धेरैलाई पक्राउ गरेको छ । पछिल्लो प्रदर्शनमा ५ लाख भन्दा धेरैको संख्यामा मानिस सहभागी थिए ।प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शनका क्रममा कम्तीमा १५० जना प्रहरी अधिकारी घाइते भएका त्यहाँको सुरक्षा निकायले जनाएको छ । विद्यालयको अवस्था र दैनिक जीवनयापनको बढ्दो खर्चप्रति असन्तुष्टि जनाउँदै शुरु भएको प्रदर्शनले उग्र रूप लिएपछि फ्रान्सका विभिन्न शहरमा सुरक्षा चुनौती बढेको छ । पेरिसमा हिजो बेलुकासम्म नै प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप भएको थियो । विभिन्न शहरका पसल, व्यवसाय र सरकारी भवनमा तोडफोड तथा लुटपाट भएको पनि खबरमा उल्लेख छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्