समय : १०:०९ pm | शुक्रबार , असाेज २ गते २०८३

पाथीभरा याङवरकमा छारे रोगसम्बन्धी निःशुल्क शिविर हुने

सेवालुङ खवर | असाेज २ गते २०८३

असोज २गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा छारे रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गाउँपालिका र नेपाल छारेरोग सङ्घ,काठमाडौँको संयुक्त आयोजनामा शिविर सञ्चालन हुने भएको हो। आगामी असोज १० गते शनिबार थेचम्बू स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने भएकाले गाउँपालिकाले सम्बन्धित सबैलाई शिविरबाट लाभ लिन आह्वान गरेको छ ।शिविरमा औषधिसमेत निःशुल्क वितरण गरिने बताइएको छ। शिविरमा सहभागी हुन फोनमार्फत नै नाम टिपाउन सकिने व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ।छारे रोग मस्तिष्कमा हुने एक न्युरोलोजिकल रोग हो। मस्तिष्कका स्नायु कोषिकामा अचानक असामान्य विद्युतीय गतिविधि हुँदा पटक–पटक दौरा आउने अवस्था नै छारे रोग हो।-रेडियो ताप्लेजुङ

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्