समय : ०९:११ pm | शुक्रबार , असाेज २ गते २०८३

ताप्लेजुङको स्थनीयतह दुई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा,

सेवालुङ खवर | असाेज १ गते २०८३

ताप्लेजुङ, भदौ ३१ । ताप्लेजुङका दुई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सिरिजङ्गा र मिक्वाखोला गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा भएको छ ।सिरिजङ्गाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा कार्यरत युनिल राई आउनुहुने भएको छ । राईले यसअघि मिक्वाखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिई सक्नु भएको छ । मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमको झापाको कचनकवल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएको छ । गौतमको ठाउँमा अब भूमि व्यवस्था तथा अभिलेख विभागबाट सूर्यप्रसाद कोईराला मिक्वाखोलाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुहुने छ । – उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्