समय : ०५:४३ pm | शनिबार , भाद्र २७ गते २०८३

फक्ताङलुङ गाउँपालिकाको तापेथोक आधारभूत अस्पतालमै एक्स–रे मेसिनबाट सेवा प्रदान,

सेवालुङ खवर | भाद्र २७ गते २०८३

ताप्लेजुङ, भदौ २७ । तापेथोक आधारभूत अस्पतालमै अत्याधुनिक किसिमको एक्स–रे मेसिनबाट सेवा प्रदान हुन थालेपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका नागरिकले उक्त सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । भौगोलिक हिसावले विकट मानिएको फक्ताङलुङ गाउँपालिका देशकै तेस्रो धेरै क्षेत्रफल भएको पालिका हो । फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले पालिकाकै केन्द्रबाट एक्स–रे सेवा सुरु भएपछि नागरिक र स्थानीय सरकारको आर्थिक भारमा कटौति हुने बताउनु भएको छ् । पालिकाका स्वास्थ्य संस्थामा उपचार हुन नसकेर स्वास्थ्य संस्थाले जिल्ला सदरमुकाममा उपचारका लागि प्रेषण गरेको अवस्थामा पालिकाले लाभग्राहीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । जिल्ला बाहिर लैजानु परेको अवस्थामा सेवाग्राहीले एम्बुलेन्सको कुल शुल्कको ५० प्रतिशत सेवा शुल्क मिनाह गर्दै आएको छ । एक्स–रे मेसिनको अभावमा मानिसको स्वास्थ्य समस्याको पहिचान हुन नसक्दा तापेथोक आधारभूत अस्पतालमे उपचार हुने समस्याका लागि समेत अस्पतालले जिल्ला सदरमुकाम वा बाहिरका स्वास्थ्य संस्थामा रेफर गर्नुपर्ने अवस्था थियो । पालिका अध्यक्ष लिम्बूले पालिकाको केन्द्रमा रहेको आधारभूत अस्पतालबाटे नागरिकले सुलभ र सहज रुपमा एक्स–रे सेवा लिन पाउने व्यवस्था भएको भन्दै धेरै नागरिकको समस्या पहिचानमा सहयोग मिल्ने विश्वास व्यक्त गर्नु भएको छ । तापेथोक आधारभूत अस्पतालका प्रमुख डाक्टर कुन्दनकुमार यादवका अनुसार अस्पतालमा अहिले लडेर घाइते भएका बिरामी अधिक मात्रामा आउने गर्छन् । हाडजोर्नी विशेषज्ञ सेवा लिनुपर्ने बिरामीका लागि मात्र अब आफुहरुले रेफर गर्ने र एक्स–रेबाट पहिचान गर्नुपर्ने अन्य रोगको हकमा भने अब तापेथोक आधारभूत अस्पतालबाटै सेवा दिन सकिने डाक्टर यादवले बताउनुभयो । उहाँका अनुसार अब तापेथोक आधारभूत अस्पतालबाट होल बडीकै एक्स–रे सेवा प्रदान हुने छ ।– खगेन्द्र अधिकारी

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्