समय : ११:०१ am | शनिबार , भाद्र २७ गते २०८३

गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्रयाक्टर मैवाखोलाले बगाउँदा २ जना वेपत्ता,

सेवालुङ खवर | भाद्र २२ गते २०८३

ताप्लेजुङ, भदौ २२ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङपाङ देखि गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्रयाक्टर पल्टिई मैवाखोलाले बगाउँदा २ जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिन्देश्वर यादवका अनुसार बेपत्ता हुनेमा वतन नखुलेका ट्रयाक्टर चालक समिर बराईली र ट्र्याक्टरमा सवार अनिल नाल्वो रहेका छन् । सोमवार बिहान २ः४० बजे आठराई त्रिबेणी गाउँपालिका र मेरिङदेन गाउँपालिका जोड्ने भित्री सडक खण्डमा हाङपाङदेखि गोलिया लिएर दोभानस्थित अरुण भेनियरतर्फ आउँदै गरेको ट्र्याक्टर मैवाखोलामा बनेको पुलको छेउबाट करिव १५ मिटर तल खसी मेवाखोलामा पुगेको थियो । सडकबाट पल्टिएर खोलामा पुगेको अहिलेसम्म नम्बर नखुलेको ट्र्याक्टरलाई झरेको स्थानबाट करिव २० मिटर तल खोलाले बगाई बगरको देखिएको तर चालक बराइली र ट्र्याक्टरमा सवार नाल्वोलाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । उक्त घटना भएको जानकारी सोहि ट्र्याक्टरमा सवार १४ बर्षिय समिर नाल्वोले इलाका प्रहरी कार्यालय दोभानलाई जानकारी गराएपछि परिचालित भएको प्रहरी टोलीले उक्त घटनाको प्रारम्भिक अध्ययन तथा जानकारी लिएको हो । घटनाको थप अनुसन्धान तथा वेपत्ता सदस्यको खोजीका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको जानकारी दिएको छ ।–उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्