समय : ११:४४ am | शनिबार , भाद्र २७ गते २०८३

फक्ताङलुङ गाउँपालिकाले सामाजिक सुरक्षा प्रदान गर्न तथ्याङ्क संकलन गर्न थाल्यो

सेवालुङ खवर | श्रावण ३० गते २०८३

ताप्लेजुङ, साउन ३० । ६० देखि ७० वर्ष उमेर समूहका नागरिकलाई मासिक रुपमा स्थानीय सामाजिक सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तथ्याङ्क संकलन गर्न थालेको छ । संघीय सरकारले ७० वर्षपछि मात्रे ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउने गरेकोमा फक्ताङलुङ गाउँपालिकाले भने चालु आर्थिक बर्षबाट ६० देखि ६९ बर्ष उमेर समूहका नागरिक स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तरगत मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति) ले जानकारी दिनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मेताहाङ लिम्बूका अनुसार उक्त उमेर समूहका नागरिकको विवरण संकलन गरी उपलब्ध गराउन पालिकाका ७ वटे वडालाई पत्राचार गरिएको छ । भदो ५ गते भित्र विवरण संकलन गरी पठाउन पालिकाका सबै वडाहरुलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिनुभयो । पालिकाले लाभग्राहीको नाम, थर र वतन, जन्म मिति, नागरिकता नम्बर जारी मिति र जारी गर्ने निकाय तथा सरकारबाट अन्य सेवा सुविधा वा सामाजिक सुरक्षाभत्ता प्राप्त गरे नगरेको सहितका विवरण संकलन गर्ने छ ।पालिका अध्यक्ष लिम्बूले गत असार १० गते पालिकाको २० औं गाउँसभा बजेट अधिबेशनमा पालिका भित्रका ६० बर्ष देखि ७०बर्ष भित्रका नागरिकलाई उनीहरुको दैनिकी सहज बनाउन पालिकाले आफ्ने बजेटबाट स्थानीय सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गर्नु भएको थियो । पालिका अध्यक्ष लिम्बूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि उपाध्यक्ष रवीन साम्रा(विकास)ले चालु आवका लागि प्रस्तुत गरेको बजेटमा ६० देखि ७० बर्ष भित्रका उमेर समूहका नागरिकका लागि स्थानीय सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन बजेटको व्यवस्था गर्नु भएको थियो । पालिका अध्यक्ष लिम्बूले ६० देखि ७० वर्ष उमेर समूहका नागरिकको आर्थिक तथा सामाजिक अवस्थालाई सम्बोधन गर्न चालु बर्षको नवीनतम् योजनाको रुपमा स्थानीय सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताउनुभयो । – खगेन्द्र अधिकारी,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्