समय : ११:०१ am | शनिबार , भाद्र २७ गते २०८३

तुम्मुइ पालाम नयाँ लिम्बू म्युजिक भिडियो सार्वजनिक,

सेवालुङ खवर | श्रावण २८ गते २०८३

ताप्लेजुङ/ तुम्मुइ पालाम विमोचनको अवसरमा नयाँ लिम्बू पालाम म्युजिक भिडियो सार्वजनिक,गरिएको छ । तुम्मुइ पालाम विमोचनको अवसरमा तमोर टेलिभिजनका निर्देशक ब्रोसेस माबोहाङ लिम्बू, सम्मान भएका छन् । तुम्मुइ पालाम विमोचन दमकको बेल डाँगी रोड जङग्री होटलमा सार्वजनिक,गरिएको थियो । चर्चित कलाकारहरूको अभिनयमा रहेको लिम्बू भाषा तथा संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त पालाम म्युजिक भिडियो तयार गरिएको हो । भिडियोको छायांकन भने केर्खा, सिसेक्पा ताङनाम मेलाका अवसरमा र विभन्न रमणीय स्थानहरूमा तय गरिएको छ । भिडियोमा गायिका प्रमिता फियाक लिम्बु र गायक विक्रम याक्तिन लिम्बुको स्वर रहेको छ भने शब्द सेसेमी से नाल्बो लिम्बूले सिर्जना गरेका छन् । संगीत संयोजन अशोक थापाले गरेका छन् भने काव्य रेकर्डिङ स्टुडियोले रेकर्ड गरिएको थियो । भिडियोको छायांकन सन्तोष राना मगर र बिकेश छत्रीले गरेका छन् । सम्पादन बी.बी प्रोडक्सन,बिर्तामोडले गरेको छ । निर्देशन तथा स्क्रिप्ट लेखन ब्रोसिस माबोहाङ लिम्बूले गर्नु भएको छ । भिडियोमा लाल कान्छी टेली सिरियलका नष्पतिनी (गीता माबुहाङ), रविन्द्र निङ्लेखु लिम्बु, हिमाल लेछरबो लिम्बु,लगायत अन्य चर्चित कलाकारहरूको जोडदार अभिनय रहेको निर्माण टोलीले जनाएको छ । मेकअप स्पोन्सरका रूपमा नयु ब्युटी पार्लर, दमकको रहेको छ । कार्यक्रमका अवसरमा मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तोष शेर्मा लिम्बू, प्रमुख अतिथि तथा किरात याक्थुङ चुम्लुङ, दमक नगरपालिकाका देवेन्द्र चेम्जोङ लिम्बु, विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रम सञ्चालन मीना नेम्बाङ लिम्बूले गरेका थिए । निर्माण टोलीले दर्शक तथा श्रोता माझ भिडियोलाई साथ, समर्थन र माया गरिदिन आग्रह गरेको थियो । भिडियामो प्रमिता फियाक लिम्बुको आधिकारिक Facebook Page र YouTube Channel मार्फत सार्वजनिक गरिने जनाइएको छ ।

फोटो तस्विर:ब्रोसेस माबोहाङ लिम्बू,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्