समय : १०:३५ pm | सोमबार , जेठ १८ गते २०८३

ओलाङ्चुङगोलाका छेतेनटासी कञ्चनजङ्घा चुचुरोमा

सेवालुङ खवर | जेठ १३ गते २०८३

ताप्लेजुङ, जेठ ८ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका छेतेन टासी शेर्पाले कञ्चनजङ्घा हिमाल आरोहण गर्नुभएको छ । बुधबार अर्थात मे २० का दिन बिहान १२ बजेको समयमा शेर्पा कञ्चनजङ्घाको चुचुरोमा पुग्नुभएको हो ।फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति० का अनुसार शेर्पाले आठ हजार ५८६ मिटर उचाइ रहेको विश्वको तेस्रो तथा दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको छ । शेर्पाले कञ्चनजङ्घाको सफल आरोहणसँगै कञ्चनजङ्घा चुचुरोमा गाउँपालिकाको झण्डा र लोगो ९प्रतीक चिन्ह० फहराउनुभएको छ ।शेर्पाले चौथो पटक कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । अध्यक्ष लिम्बूका अनुसार यसपटक कञ्चनजङ्घा हिमाल आरोहण यात्रामा निस्किनुभएका शेर्पालाई गाउँपालिकाको लोगो अङ्कित झण्डा दिएर आरोहण सफलताको शुभकामनासहित पालिकाले बिदाइ गरेको थियो । इम्याजिन नेपालका अनुसार ओलाङ्चुङगोलाका शेर्पासहित सोही समयमा चार जनाले कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको छ । अन्य कञ्चनजङ्घा हिमाल आरोहण गर्नेमा दावा ग्यान्जे शेर्पा, बुद्धबहादुर गुरुङ र पाकिस्तानका सोहल शेहजाद रहनुभएको छ । –चन्द्र पन्दाक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्