समय : ११:५४ pm | सोमबार , जेठ १८ गते २०८३

माघेमेला सञ्चालनका क्रममा ५० हजार घाटा,कार्यक्रमलाई निरन्तरता दिने आयोजकको भनाई,

सेवालुङ खवर | जेठ १३ गते २०८३

ताप्लेजुङ, जेठ १२ । करिव ५० हजार रुपैयाँ घाटा भएपछि माघेनी मेला सञ्चालन समितिले माफी माग्दै तर मेलालाई अर्कोबर्ष पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । गत माघ १ देखि ५ गतेसम्म ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिम स्थित सिँवामा सञ्चालित आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रमको आयव्यय विवरण मंगलवार सार्वजनिक गर्दै माघेनी मेला सञ्चालन तथा व्यवस्थापन समितिले २०८२ को कार्यक्रममा घाटा भएपनि मेलालाई निरन्तरता दिने बताएको हो ।’ सञ्चालन समितिको नेतृत्व परिवर्तन होला, तर कार्यक्रमले निरन्तरता पाउँछ माघे मेला सञ्चालन समितिका अध्यक्ष तेजवीर लिम्बूले भन्नुभयो । मेघा मेला व्यवस्थापन समितिका सदस्य तथा आर्थिक विभाग सचिव युवराज पौडेलका अनुसार पालिका, संघसंस्था र व्यक्तिहरुबाट २२ लाख ८२ हजार ३ सय १७ रुपैयाँ आम्दानी भएकोमा २३ लाख ३१ हजार ५ सय ६० रुपैयाँ खर्च भई ४९ हजार २ सय ४३ रुपैयाँ घाटा भएको छ । घाटा पूर्तिका लागि विभिन्न दाता व्यक्ति तथा संघसंस्थासग पहल भइरहेको र अहिलेसम्मको घाटा भने सञ्चालन समितिका सदस्यहरुले बहन गरिरहेको माघे मेला सञ्चालन समितिले जनाएको छ । पत्रकार सम्मेलनमा माघे मेला सञ्चालन समितिका सल्लाहकार मछिन्द्र लिम्बू, दुर्गा मिदुङ तथा सदस्यद्धय नरेन्द्र लिम्बू र जीवन बर्देवा सहितको उपस्थिति थियो ।– खगेन्द्र अधिकारी

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्