समय : ०२:४६ pm | सोमबार , भाद्र २९ गते २०८३

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका किसानलाई जैविक मलको उत्पादन र प्रयोगमा प्रोत्साहित गर्दै

सेवालुङ खवर | जेठ २० गते २०८१

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जैविक मल उत्पादनका लागि पालिकाका कृषकहरुलाई प्रोत्साहित र उत्प्रेरित गर्ने भएको छ । विदेशी विज्ञको उपस्थितिमा जैविक मल उत्पादन सम्बन्धी तालिम दिई किसानलाई जैविक मल उत्पादनका लागि प्रेरित र प्रोत्साहित गर्न अनुदान समेत उपलब्ध गराउने पालिकाको योजना छ । फक्ताङ्लुङ गाउँपालिकाका सूचना अधिकारी जयप्रसाद रिजालका अनुसार जेठ २४ गते देखि पालिकाका ७ वटै वडाका २–२ जना कृषकलाई जैविक मल उत्पादन सम्वन्धी तालिम दिईने छ । तालिमप्राप्त व्यक्तिले सम्वन्धित वडामा गई वडाका कृषकहरुलाई जैविक मल उत्पादन सम्वन्धी जानकारी र दक्षता प्रेषण गर्ने पालिकाले जनाएको छ ।गाउँपालिकाले चालू आर्थिक बर्षमा यो कार्यक्रमका लागि प्रत्येक वडामा दुई–दुई राख रुपैयाँ विनियोजन गरेको छ ।‘रसायनिक मललाई क्रमशःबिस्थापन गरी जैविक मल उत्पादन र प्रयोगतर्फ प्रोत्साहित गर्ने पालिकाको नीति अनुरुप यस्तो कार्यक्रम अघि सारिएको हो’पालिकाका सूचना अधिकारी रिजालले भने । पालिकाले हिमालय एग्रोइकोलोजिको प्राबिधिक सहयोगमा विगत समय देखि नै अग्र्यानिक कृषि उत्पादन सम्वन्धी अभियान सञ्चालन गरिरहेको छ । पालिकामार्फत कृषि तथा पशुपंक्षि अनुसन्धान केन्द्र समेत सञ्चालनमा छ ।साभार,,उज्यालो पोष्ट डटकम

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्