समय : ०९:१६ pm | आइतबार , भाद्र २८ गते २०८३

धनकुटाको चौबिसे गाउँपालिका मिनिबसदुर्घटनामा च्यापिएकी एक महिलाको मृत्यु

सेवालुङ खवर | जेठ ४ गते २०८३

धनकुटाको चौबिसे गाउँपालिका–४ विजिटार स्थित निर्माणाधीन तमोर करिडोर सडक खण्डमा सोमबार बिहान करिब ९ः३० बजे इटहरीबाट पाँचथर तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको मिनिबस विंगर आफैँ अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।दुर्घटनामा मोरङको सुन्दरहरैंचा नगरपालिका–६ बस्ने ४० वर्षीया सवित्रा ढुंगेलको मृत्यु भएको छ। उनी गाडीभित्र च्यापिएकी अवस्थामा रहेकी थिइन्। उद्धारका क्रममा उनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिए ।दुर्घटनामा गाडी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ बस्ने अन्दाजी २८ वर्षीय तेजकुमार चेम्जोङ र ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ बस्ने २२ वर्षीय दिपेन रसाइली घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।घाइते दुवैजनालाई उपचारका लागि तत्काल उद्धार गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । नयाँ–बुलन्द,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्