समय : ०९:१६ pm | आइतबार , भाद्र २८ गते २०८३

अस्पतालका बिरामीलाई फलफूल वितरण

सेवालुङ खवर | जेठ ३ गते २०८३

ताप्लेजुङ, जेठ ३ गते । ताप्लेजुङमा ३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । आइतबार स्मृति दिवसका अवसरमा नेकपा (एमाले) ताप्लेजुङले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो । एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमु (दिपेन)का अनुसार ताप्लेजुङ अस्पतालमा उपचाररत रहेका २६ जना बिरामीलाई फलफूल वितरण गरिएको छ । अस्पतालमा उपचार सेवा लिइरहेका विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको कार्यबाहक अध्यक्ष पोमुले जानकारी दिनुभयो । एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, केन्दीय सदस्य तथा प्रतिनिधिसभा सदस्य क्षितिज थेबे लगायतको उपस्थितिमा जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको हो । एमाले जिल्ला सचिव सन्तोष चाम्लिङका अनुसार पार्टी कार्यालयमा स्वर्गीय जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गरिएको छ । नेपाल (एमाले)का तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । स्वर्गीय भण्डारी र आश्रितको स्मृति दिवसमा एमालेले देशभर विभिन्न कार्यक्रम गर्छ ।–चन्द्र पन्दाक

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्