समय : ०९:५१ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका सुकेपानी क्षेत्रमा सवारी आगमन निषेध,

सेवालुङ खवर | वैशाख ११ गते २०८३

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका सुकेपानी क्षेत्रमा सवारी आगमन निषेध गरिएको छ । फक्ताङलुङ गाउँपालिका तमोर करिडोर क्षेत्रमा निमार्णधिन वेलीबिज सम्पन्न गर्नका लागी सो क्षेत्रमा सवारी आगमन निषेध गरिएको हो । बेलिब्रिजको कार्य अन्तिम चरण्मा पुग्न लागेको हुनाले करिब दुई हप्ता सम्मको लागी केहि सवारी साधनहरु आवत जावत गर्नमा निषेध गरिएको फक्ताङलुङ गाउँपालिकाले सूचनामा उल्लेख सहित जानकारी गराएको थियो । उक्त वेली ब्रिज निमार्णको कार्य यहि बैशाखको दोस्रो हप्तबाट अन्तिम हप्तामा सम्पन्न हुने लक्ष्य रहेको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु मुक्तीले बताएका छन् । त्यस्तैगरी केहि सवारी आगमनमा यात्रु माहानुभाव हरुलाई असुविधा भएमा कुनै बैकल्पिक सडक प्रयोगमा ल्याउन समेत आग्रह गरेको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्