समय : ०८:४३ pm | आइतबार , भाद्र २८ गते २०८३

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाद्धारा ताप्लेजुङ जिल्ला प्रशासनमा ज्ञापन पत्र

सेवालुङ खवर | वैशाख १० गते २०८३

ताप्लेजुङ / नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले सरकारी सञ्चार मात्र विज्ञापन प्रकाशन गरिने भएको भन्दै आज ताप्लेजुङ जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको छ । उक्त ताप्लेजुङ पत्रकार महासंघ शाखाले प्रमुख जिल्ला अधिकारी ताप्लेजुङका शिवराज सेडाईलाई विज्ञापन वितरण पारदर्शी समाबेशी बनाउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएको हो । संघीयता मर्म विपरित सकारी माध्यमबाट मात्र विज्ञापन प्रशारण गरी निजी सञ्चार माध्यमहरुलाई मर्मपार्दै कम्जोर भएको र यस्ता निती विपरीत मन्त्री परिषदले निर्णय गरेको खारेज गर्न मागहरु समेत राखेका छन् । यस्ता खाले मन्त्री परिषदको निर्णयले नेपाल देशमारहेका निजी सञ्चार माध्यमहरु आर्थिक संकटमा पर्दैजाने र श्रम जिवी पत्रकारहरुको रोजी रोटी खासिने भनी नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले जनाएको छ । त्यस्तै गरी हामी माज यस ज्ञापन पत्र आएको छ र सो पत्रलाईमन्त्रालय समक्ष चाडैं फ्रवार्ड गर्ने भन्दै प्रमुख जिल्ला अधिकारी ताप्लेजुङका शिवराज सेडाईले भन्नु भयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्