समय : १०:२५ pm | आइतबार , भाद्र २८ गते २०८३

धरानमा पत्रकारिताको मुद्दा चर्कियो — पारदर्शिताको माग गर्दै फोनिजको प्रदर्शन,

सेवालुङ खवर | वैशाख १० गते २०८३

सुनसरी धरान। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीले पत्रकार महासंघसँग सम्बन्धित विवादित विषयहरूमा निष्पक्ष छानबिनको माग गर्दै धरानमा कालो ब्यानरसहित प्रदर्शन गरेको छ।धरानस्थित पत्रकार महासंघको कार्यालय अगाडि आज भएको प्रदर्शनमा फोनिजले संस्थापकसँग जोडिएका बहस र विवादहरूलाई सत्यतथ्यका आधारमा छानबिन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गर्नुपर्ने माग राखेको हो।प्रदर्शनमा सहभागी सञ्चारकर्मीहरूले “सत्य बाहिर ल्याऊ, पारदर्शिता कायम गर” जस्ता नाराहरू लगाउँदै पत्रकारिता क्षेत्रमा स्पष्टता र विश्वास पुनःस्थापित गर्नुपर्ने बताएका थिए। फोनिज सुनसरीका प्रतिनिधिहरूको सक्रिय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अन्य सञ्चारकर्मी तथा सरोकारवालाहरूले पनि नैतिक समर्थन जनाएका थिए। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। फोनिजले आफ्ना मागहरू सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ, जसले आगामी दिनमा पत्रकारिता क्षेत्रमा थप बहस र दबाब सिर्जना गर्ने संकेत देखिएको छ।-Numaphung Khabar

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्