समय : १०:५७ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा निःशुल्क मानसिक स्वास्थ्य शिविर

सेवालुङ खवर | चैत्र १० गते २०८२

ताप्लेजुङ, चैत १० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पालिकावासी नागरिकलाई लक्षित गरी गाउँपालिकाले एक दिने निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीका अनुसार यही चैत १५ गते आइतबार शिविर सञ्चालन गर्ने तयारी गरिएको छ । पालिकाको प्रशासकीय केन्द्रस्थित हाङ्पाङ स्वास्थ्य चौकीमा उक्त शिविर सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत राजवंशीले जानकारी दिनुभयो ।उहाँका अनुसार अनुभवी मनोचिकित्सकहरूको उपस्थितिमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने छ । मानसिक स्वास्थ्य समस्या भएका बिरामीको उपचारसँगै शिविरमा उनीहरूलाई औषधी निःशुल्क उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।यसअघि मानसिक स्वास्थ्य उपचार गराएका, हाल निरन्तर उपचार गराइरहेका र मानसिक स्वास्थ्यसम्बन्धी औषधी सेवन गर्दै आएका बिरामी तथा नागरिकको सुविधाका लागि शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु (दीपेन) ले बताउनुभयो । गाउँबाटै मानसिक स्वास्थ्य उपचार, परीक्षण र निःशुल्क औषधी प्राप्त गर्दा सम्बन्धित स्वास्थ्य समस्या भएका नागरिकलाई राहत पुग्ने विश्वास अध्यक्ष पोमुले व्यक्त गर्नुभयो ।–चन्द्र पन्दाक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्