समय : १०:५७ pm | आइतबार , भाद्र २८ गते २०८३

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

सेवालुङ खवर | चैत्र १० गते २०८२

ताप्लेजुङ, चैत ८ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु भएको छ ।प्रहरीकाअनुसार सोमबार पाथीभरा दर्शनमा आएका पाँचथर, हिलिहाङ गाउँपालिका–२ बस्ने हरि श्रेष्ठका छोरा सोहन श्रेष्ठको मृत्यु भएको हो ।ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार आफ्ना अभिभावक र आफन्तसँग आएका अढाइ वर्षीय बालक सोहन पाथीभरा दर्शन गरेर फर्कने क्रममा बिरामी भएका थिए ।पाथीभरा दर्शन गरी फर्कदै गर्दा बाटोमै बिरामी भएका बालकलाई दिउँसो ३ बजेतिर उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पु¥याइएको थियो ।उपचारका लागि जिल्ला अस्पतालमा पु¥याइएका बालकलाई करिव ३ः२० बजे चिकित्सकले मृत घोषणा गरेको प्रनाउ गौतमले जानकारी दिनुभयो । उहाँकाअनुसार मृतक बालक यसअघि निमनियाका कारण विरामी भएको बुझिएको छ । बालकको शव भने अहिले जिल्ला अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।–चन्द्र पन्दाक

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्