समय : १०:५७ pm | आइतबार , भाद्र २८ गते २०८३

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्धारा मादक पदार्थको बिक्री बितरण तथा सेवनमा प्रतिवन्ध

सेवालुङ खवर | फागुन १५ गते २०८२

ताप्लेजुङ, फागुन १५ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फागुन २१ गतेको निर्वाचनको मत परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको बिक्री बितरण तथा सेवनमा प्रतिवन्ध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले शुक्रवार एक सार्वजनिक सूचना जारी गर्दै जिल्ला निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार निर्वाचनको मत परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको बिक्री बितरण तथा सेवनमा प्रतिवन्ध गरेको जानकारी दिनुभयो । जिल्ला निर्वाचन सुरक्षा समितिको निर्णय प्रतिकुल हुनेगरी मादक पदार्थको बिक्री बितरण तथा सेवन गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने समेत प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई स्वच्छव, स्वतन्त्र, निश्पक्ष, मर्यादित, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न फागुन २१ गतेको निर्वाचनको मत परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको बिक्री बितरण तथा सेवनमा प्रतिवन्ध गरेको प्रशासन कार्यालयले जनाएको छ ।–उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्