समय : ११:३० pm | आइतबार , भाद्र २८ गते २०८३

नेत्रहिन संघ ताप्लेजुङको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न

सेवालुङ खवर | माघ २२ गते २०८२

ताप्लेजुङ/नेत्रहिन संघ ताप्लेजुङको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । गत पौष ५ गतेबाट सुरु भएको फुङ्लिङ नगरपालिकाको आर्थिक सहयोग र नेत्रहिन संघ ताप्लेजुङ आयोजना मंगलबार फुङ्लिङमा सम्पन्न भएको हो । कार्यक्रम मार्फत तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण समेत गरिएको छ । नेत्रहिन संघ ताप्लेजुङ र फुङ्लिङ नगरपालिकाको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको संघका अध्यक्ष नरसिंह थलङले जानकारी दिनुभयो । तालिममार्फत कम्प्युटर खोल्नेदेखि नेपाली टाइप सम्म गर्न सक्ने भएको तालिममा सहभागीहरुले बताएका छन् । उनीहरुले नगरपालिकाको सहयोगबाट क्षमता बिकासमा सहयोग पुगेको भन्दै नगरपालिकाप्रति धन्यावाद व्यक्त गरेका छन् । साथै थप क्षमताअभिवृत्ति गर्न इच्छुक रहेकाले सहयोगको समेत आशय व्यक्त गरेका छन् । तालिम युनिभर्सल इन्स्टिच्युटमा सुजता लिम्बुको सहजीकरण र प्रशिक्षणमा गराइएको अध्यक्ष थलङ्ले जानकारी दिनुभयो । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आथिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख भिमादेवी ओझा, पाथीभरा क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङ लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।–विक्रम लाम्गादे

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्