ताप्लेजुङ, पुस १ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा किसानलाई पशु(गाई,साँढे र बाख्रा) उपलब्ध गराउने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार पालिकाको वडा नं ५ मा रहेको एकीकृत कृषि तथा पशुपंक्षि अनुसन्धान केन्द्रमा रहेका पशु एक चौथाई किसानको लगानी हुनेगरी उपलब्ध गराउन लागिएको हो । तेम्बेका अनुसार जर्सी क्रम गाई १ माउ, सानन्न जातको बाख्रा ६ माउ र जर्सी क्रम साँढे एउटा अनुदानमा उपलब्ध गराउन लागिएको हो ।’ उल्लेखित पशु अनुदानमा प्राप्त गर्न इच्छुक किसानलाई पुस ६ गते भित्र पालिकामा आबेदन दिन समेत प्रमुख प्रशासकीय अधिकृत तेम्बेले सूचित गर्नु भएको छ । उज्यालो पोष्ट,
फक्ताङलुङ गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा किसानलाई पशु उपलब्ध गराउने,








