समय : ०१:०४ am | सोमबार , भाद्र २८ गते २०८३

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

सेवालुङ खवर | मंसिर २६ गते २०८२

बिहिबार, २६ मंसिर, २०८२ उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो ।नवगठित प्रदेश समितिको प्रवक्तामा केदार धिमाललाई जिम्मेवारी दिइएको छ । समितिमा प्रदेश १ का १४ वटै जिल्लाहरुबाट प्रतिनिधित्व भएको नयनियुक्त प्रवक्ता धिमालले लिम्बुवान खबरलाई बताएका छन् ।समितिको सदस्यहरुमा डिल्ली लिङ्दम, भोजकुमार लावती, भगिश्वर लिम्बू, तुलराम तामाङ, नन्द याम्फू, राजकुमार पापो, जीवन राई, रेखबहादुर तामाङ, गंगा राई सेर्मा, शर्मिला आङदेम्बे, कोपिला लावती, बुद्धिमान खोयाहाङ, गंगा दुलाल, सुष्मा राई, कुमार साम्यू, प्रमेश थापा मगर, सिके बेघा, ई. सन्तोष तामाङ, प्रबिण तामाङ, जकेन्द्र लावती, रोशन लावती, हेमराज माङ्मु, राजभक्त योङया मिधुङ, कबिहाङ सेलिङ, मौसम कुरुङ्वाङ, कृतिमान मादेन, भरत गुरुङ, सरोज कङलिबा, डम्बर लावुङ लगायत रहेका छन् ।यसरी नै प्रदेश सल्लाहकार समितिमा सकुन्तला सुब्बा, भरत श्रेष्ठ, बाङगाई धिमाल, गणेश चेम्जोङ, टिएन सम्बाहाम्फे, खबिन थेवे, गङ्गा साउदेन, लोकबहादुर सिङघक, मोति पालुङ्वा, यलम्बर अगुवा र कालिबहादुर खेवाङ रहेका छन् ।पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अमित थेवेको अध्यक्षतामा धरान उपमहानगर तदर्थ समिति पनि विस्तार गरिएको छ ।कार्यक्रममा केन्द्रीय सदस्यहरु ई. तेजनारायण यादव, ई. महेन्द्र थापा, रिमा विश्वकर्मा, डकेन्द्रसिह थेगिम, सरु सिङ्घक र डम्बर लावती (जेन्टल) साथै पहिचानवादी नेताहरु ज्ञान बहादुर गुरुङ, खगेन्द्र माखिम, अमर इजम लगायतका शिर्ष नेताहरुको समेत उपस्थिति रहेको थियो । लिम्बुवान न्युज,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्