२०८२ मंसिर १८ गते ताप्लेजुङकाे फुङलिङ बजार ताेक्मेमा किरात याक्थुङ लिम्बू समुदायहरूले चासाेक तङनाम मनाएको छ । किरात याक्थुङ येले तङवे ५०८५र नेपाल संवत् २०८२ उधौंली पर्वकाे अवसरमा नेपाल भर किरात याक्थुङ लिम्बू समुदायहरू द्वारा भिवीन्न स्थानमा उक्त चासाेक तङनाम मनाएको हो। किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङको फुङलिङकाे आयाेजनामा चासाेक तङनाम मनाएको थियो। डम्बर पालुङवा सभा अध्यक्षतामा उद्योग कृषि सहकारी कोशी प्रदेश नेपालका मा मन्त्री खगेनसिं हाङगामले प्रमुख आतिथ्य गर्नु भएको थियो । त्यस्तैगरी चासाेक तङनाम अवसरमा विशिष्ट आतिथी प्रमुख जिल्ला अधिकारी शिवराज सेडाई, नगर उपप्रमुख भिमादेवि ओझा लगायत आदिबासी जनजाती महासंघका उप अध्यक्ष वाङगेल शेर्पा सम्पूर्ण स्थानीय जनप्रतनीधी वडा अध्यक्ष हरु र ताप्लेजुङ जिल्ला का कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।चासाेक तङनाम अवसरमा तेल्ला मुङमा,पात बजाउने ' लितोङ धनुष बाण हान्ने'पकलुङ'छेलो, यालाङ येवालाङ ' माङलाङ साथै जाततिका सुनार सेवा समाज किरात राई यायोख्खा . तोक्पे गोला शेर्पा सेवा समाजले भिविन्न खेल नृत्य प्रतियोताहरु भएको किरात याक्थुङ चुम्लुङ ताप्लेजुङ जिल्ला शाखाका सचिव सरोत कङलिवा ले बताएका छन् । छेलोतर्फ, ग्याबु शेर्पा, धनुस वाणतर्फ लिः तोङ योगेश पालुङवा,डम्बर पालुङवा महेन्द्र पताङवाकाे प्रतियोगिता रहेको थियो। तेत्ला फेक्वा मुङमा, पात बजाउने दिलमायाँ लिम्बु प्रथम सरुवाती प्रस्तुती दोस्रो मेनुका देवि खड्का पार्वता सिरेङ चङवाङ रहेको थियो। गायन तर्फ फक्ताङलुङ काम्बाङ कन्छा रहेको थियो।त्यस्तै मौलीक येवा लाङ तर्फ टेक वःलावुङ रमेश ' र अन्य ४ जनाकाे सहभागिता रहेको थियो। मौलीक भेषभुसा तर्फ लेनिस चेम्जाङ मिचुङ गुरुङ,साइमा लिम्बु सरस्वता लिम्बु सहभागिता रहेको थियो। केलाङ हाङ्देवा सेवा समाज,किरात राई यायोक्खा सकेला सिली नाच सुनार सेवा समाज,तोक्पे गोला सेवा समाज सिद्धीडा केलाङ समुहसिरीजङ्गा ' दोखुका माङ लाङपनि सहभागिता रहनुका साथै अन्त्य मा किरात याक्थुङ या लाङमामा कार्यक्रम सम्पन्न भएको किरात याक्थुङ चुम्लुङ ताप्लेजुङ जिल्ला शाखा ताप्लेजुङ्गले जनाएको छ।




फाेटाे: तस्वीर बसन्त लाबुङ लिम्बु








