समय : ०१:३३ am | सोमबार , भाद्र २८ गते २०८३

४० बर्ष पुरानो सिटीहल संरचना भत्काएर पार्किङ सहितको सामुदायिक भवन बन्ने

सेवालुङ खवर | मंसिर १६ गते २०८२

ताप्लेजुङ,/ झण्डे ४० वर्ष पुरानो ताप्लेजुङको फुङलिङस्थित सामुदायिक भवन र जिल्ला समन्वय समितिका पदाधिकारीको आवास कक्ष भत्काएर मंगलवारबाट बहुद्देश्यीय सामुदायिक भवन निर्माण कार्य सुरु भएको छ । क्रमागत योजना अन्तगत आगामी एक वर्षभित्र भुइँतलामा पार्किङ केन्द्र निर्माण तथा त्यसभन्दा माथि एकतलामा पिलर सहितको ढलान समेत हुने छ । मंगलवार जिल्ला समन्वय समितिले पत्रकार सम्मेलन मार्फत बहुद्देश्यीय सामुदायिक भवन निर्माणको कार्यका बारेमा जानकारी गराएको हो । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाका अनुसार बहुद्देश्यीय भवन पार्किङ, सामुदायिक, प्रशासनिक र आवासीय सहितको ४ तलाको हुने छ । नेपाल सरकारको सघन शहरी तथा भवन भवन निर्माण आयोजना झापा (अहिले पाँचथरमा हस्तान्तरण भएको) ले बहुबर्षे योजना अन्तरगत चालु आर्थिक बर्षमा कुल ५ करोडको ठेक्का आवह्वान भएकोमा केवी जेएनएस जेभी भक्तपुरले भ्याट र पिएस बाहेक ३ करोड २५ लाख १८ हजार ४५७.९० पैसामा ठेक्का पाएको हो । कम्पनीका प्रतिनिधि टंक खतिवडाका अनुसार २०८२ साल असार १९ गते सम्झौता भएको योजना २०८३ साल असार १८ गते भित्र पूरा हुने छ ।’हामी सम्झौता अवधि भन्दा अघि नै जिम्मेवारी अनुसारको कार्य पूरा गरी योजना नियमक निकायलाई बुझाउने छौं निर्माण कार्य निर्धारित मितिमै अनुसारको कार्य पूरा गरी योजना नियमक निकायलाई बुझाउने छौं’निर्माण कार्य निर्धारित मितिमैपूरा गर्नुपर्ने सर्त राखेका नगरप्रमुख अमिर मादेनलाई जवाफ दिदैं निर्माण कम्पनीका प्रतिनिधि खतिवडाले भन्नुभयो यो योजना निर्धारित मिति भन्दा अघि नै पूरा गरी प्रसंसापत्र लिएर जाने योजना छ’। सघन शहरी तथा भवन भवन निर्माण आयोजनाका प्राविधिक खगेन्द्र खतिवडाका अनुसार ग्राउण्ड फ्लोरमा १८ वटा जीप, कार र बाईक पार्किङ गर्ने स्थल हुने छ । भुँईतलामा एक स्टोर रुम र गार्ड हाउस समेत हुने छ । सामुदायिक हलमा कम्तिमा ५ सय जना अट्ने क्षमताको सामुदायिक भवन गरी डिपीआर तयार समेत भएको सघन शहरी तथा भवन भवन निर्माण आयोजनाले जनाएको छ ।ग्राउण्ड फ्लोर पूरा गरेर दोस्रो तल्लाको पिलर सहितको ढलान कार्य पूरा भएपछि चालु आर्थिक बर्षको निर्माण कार्य पूरा हुने निर्माणको जिम्मेवारी पाएको कम्पनीका प्रतिनिधिले जनाएका छन् । जिल्ला समन्वय समिति प्रमुख लामाका अनुसार बहुद्देश्यीय उक्त भवनमा जिल्लाका ९ स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सदरमुकाम आउँदा बस्न मिल्ने कक्ष समेत उक्त भवनमै बनाइने योजना रहेको छ । पञ्चायत रजत जयन्ती २०४२ को अवसरमा निर्माण सुरु गरी २०४३ साल माघ २८ गते तत्कालिन वाणिज्य मन्त्री विजयप्रकाश थेवेले उद्घाटन गरेको सामुदायिक भवन झण्डै ४० बर्ष पछि भत्काईएको हो । लिफ्ट र भ¥याङ समेत हुने उक्त भवनमा रहेको ढुङ्गामध्ये ३ सय २० घनमिटर नयाँ भवनका लागि प्रयोग गरिने छ । ग्राउण्ड फ्लोर पूरा गरेर दोस्रो तल्लाको पिलर सहितको ढलान कार्य पूरा भएपछि चालु आर्थिक बर्षको निर्माण कार्य पूरा हुने निर्माणको जिम्मेवारी पाएको कम्पनीका प्रतिनिधिले जनाएका छन् । जिल्ला समन्वय समिति प्रमुख लामाका अनुसार बहुद्देश्यीय उक्त भवनमा जिल्लाका ९ स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सदरमुकाम आउँदा बस्न मिल्ने कक्ष समेत उक्त भवनमै बनाइने योजना रहेको छ । पञ्चायत रजत जयन्ती २०४२ को अवसरमा निर्माण सुरु गरी २०४३ साल माघ २८ गते तत्कालिन वाणिज्य मन्त्री विजयप्रकाश थेवेले उद्घाटन गरेको सामुदायिक भवन झण्डै ४० बर्ष पछि भत्काईएको हो । लिफ्ट र भ¥याङ समेत हुने उक्त भवनमा रहेको ढुङ्गामध्ये ३ सय २० घनमिटर नयाँ भवनका लागि प्रयोग गरिने छ । पुरानो भवनका बाँकी सामग्री (ढुङ्गा, काठ, टिन, फलाम) निर्माण कम्पनीले निर्माण स्थलको एक किलोमिटर टाढा रहेको स्थलमा भण्डारण गर्ने योजना मिलाउने छ । भण्डारण कक्षको व्यवस्थापन जिल्ला समन्वय समितिले गरी पछि लिलाम बिक्री गर्ने जिल्ला समन्वय अधिकारी डम्बरबहादुर जिसीले जानकारी दिनुभयो । भवन निर्माण कार्य सुरु गर्न यसअघि २०७४ र २०७९ सालको निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई सहितका जनप्रतिनिधिको पहलमा पटक–पटक छलफल र सम्वन्धित निकायमा पैरवी समेत भएको थियो । उज्यालो पोष्ट

फोटो तस्विर: बसन्त लाबुङ लिम्बू

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्