समय : ०४:१२ am | मङ्गलबार , भाद्र २९ गते २०८३

झापाको दमकबाट लुटिएको हतियार पाँचथरको ओडारमा फेला,

सेवालुङ खवर | मंसिर ५ गते २०८२

दमक, मङ्सिर ४ गते । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुई थान बन्दुक सहित गोली प्रहरीले बरामद गरेको छ । झापाको दमकमा हतियार लुटेर पाँचथरको मिक्लाजुङको एक ओडारमा लुकाईएको अवस्थामा बन्दुक सहित त्यसमा लाग्ने केही गोली फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाँचथरको मिक्लाजुङ(३ आरुबोटेमा रहेको ओडारबाट प्रहरीले म्यागेजिनसहितको ३०३ मार्क(३ राइफल, जलेको अवस्थामा रहेको एक थान इन्सासको बट र ह्यान्ड(ग्रिप, इन्सासको एक थान जंगी राउण्ड, र एसएलआरका तीन थान जंगी राउण्ड बरामद गरेको हो । प्रहरी कार्यालय आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचर मिक्लाजुङ–३ का २२ वर्षीय सुशील फियाकले दमकबाट लुटिएको बन्दुक र गोली ओडारमा लुकाएको जानकारी दिएपछि ईलाका प्रहरी कार्यालय दमकको टोली त्यहाँ पुगेर बन्दुक र गोली बरामद गरेको खड्काले बताउनुभयो । बरामद हतियार फोरन्सिक र कानुनी प्रक्रिया पूरा गरेर सुरक्षित रुपमा राखिएको पनि खड्काले जानकारी दिनुभयो । पक्राउ परेका फियाकविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी आवश्यक थप अनुसन्धान अघि बढाइएको खड्काले जनाउनु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेनजी आन्दोलनका क्रममा लुटिएका २२ थान हतियारमध्ये २ थान फेला परेको छ । बाँकी २० थान हतियार हराइरहेका छन् । हराइरहेका हतियार खोजीका लागि विशेष टोली परिचालन भएको र कतिपय ठाँउमा अपरेसन जारी रहेको प्रहरीको भनाइ छ ।गोरखापत्र अनलाइन

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्