समय : ०४:११ am | मङ्गलबार , भाद्र २९ गते २०८३

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङको निर्वाचन अधिकारीमा धनराज श्रेष्ठ

सेवालुङ खवर | मंसिर ५ गते २०८२

ताप्लेजुङ, मंसिर ४ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङको निर्वाचन अधिकारीमा धनराज श्रेष्ठ आउनु भएको छ । यसअघि जिल्ला निर्वाचन कार्यालयमा निमित्त जिल्ला निर्वाचन अधिकारीको रुपमा बान्दवराज दुलाल रहनु भएको थियो । दुलाल जिल्ला निर्वाचन कार्यालयको सूचना अधिकारी हुनुहुन्छ । धनकुटाको चम्पादेवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनु भएका श्रेष्ठको केहिदिन अघि निर्वाचन आयोगमा सरुवा भएको थियो । निमित्त कार्यालय प्रमुखको रुपमा रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा आयोगले श्रेष्ठलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएर पठाएको हो । उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्