समय : ०४:४१ pm | बुधबार , भाद्र ३१ गते २०८३

गत बर्ष फागुनमा केबलकार बिबादका अमानवीय घटनाको छानबिन गर्न माग,

सेवालुङ खवर | कार्तिक २८ गते २०८२

ताप्लेजुङ,फुङ्लिङ – फुङ्लिङ नगरपालिका–४, का मादेन परिवारका सदस्यहरुले गत वर्ष फागुनमा रातको समयमा आफूहरुको बस्तीमा भएको गर्न माग अमानवीय घटनाको अविलम्ब छानबिन गरेका छन् । बुधबार फुङ्लिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै सोही ठाउँका ८४ घर मादेन परिवारका सदस्यहरुले गत बर्ष केबलकार बिबादको समयमा रातको ११ बजे प्रहरीहरुबाट चन्द्र मादेन तथा प्रदिप मादेन लगायतको घर एवं मादेन बस्तीमा अमानवीय गतिबिधि गरेकोप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । केबलकारको बिषयमा बिरेन्द्र चौकमा ७ बजे केबलकार पक्षधर र पहिचान पक्षधरबिच मुटभेट र झडप भएको र झडप साम्य भएछि राति ११ बजे मादेन बस्तीमा प्रहरी पसी सुतिरहेका पाहुनमाथि कुटपिट र घर तोडफोड गरेको बताएका छन् । प्रहरीहरुले घर तोडफोड, बर्बर दमन, अश्रुग्यास प्रहार कुटपिट गरेको प्रति आफूहरुको ध्यानकर्षण उल्लेख गरेका छन् । घटना भएको ९ महिना बितिसक्दापनि राज्य पक्षबाट छानबिन नगरी मानबता बिरुद्धको अपराधलाई प्रोत्साहन गरेको भन्दै समुदायको तर्फबाट ध्यानकर्षण समेत गराइएको छ । घटनाको सम्बन्धमा राज्यपक्षबाट स्वतन्त्र छानबिन नगरी उल्टै झुट्टा मुद्धा लगाएर १८ जनालाई करिब १ महिना थुनामा राखेको र २७ जनालाई अनावश्यक तारिख धाउन लगाउने जस्ता मानवता बिरोधी कार्य गरेको उल्लेख गरिएको छ । यस्तै उक्त घटनाको जिम्मेवारी तत्कालिन प्रहरी प्रमुख र सिडियोले लिनुपर्ने समेत माग गरेका छन् । घटनालाई ‘राज्यको मानवता बिरुद्धको अपराध फुङ्लिङ काण्ड‘ को रुपमा चर्चा गर्दै प्रहरीबाट भएको गतिबिधि जातिय दमन रहेको समेत ठहर्याइएका छन् । यस्तै घर तोडफोडको राज्यपक्षबाट उचित क्षतिपूर्तिको माग गर्दै भबिष्यमा स्वतस्फूर्त रुपमा प्रतिरोध भए त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने समेत चेतावानी दिएका छन् । साभार विक्रम लाम्गादे

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्