समय : ०६:०० am | मङ्गलबार , भाद्र ३० गते २०८३

मोटरसाइकल खोल्सामा खस्दा एक जनाको मृत्यु,

सेवालुङ खवर | असाेज २८ गते २०८२

फिदिम, असोज २८ गते । पाँचथरको फिदिम नगरपालिका १३ मा मोटरसाइकल खोल्सामा खस्दा चालकको निधन भएको छ । फिदिम नगरपालिका–१३ का ४२ वर्षीय हर्क राईको मङ्गलबार बिहान निधन भएको हो ।गाउँबाट दुध सङ्कलन गरेर फिदिम १३ जेभालेको डेरीतर्फ फर्कदै गर्दा राईले चलाएको मोटरसाइकल स्थानीय सेतापानी खोल्सामा खसेको थियो ।केही दिनअघि पहिरोले क्षति भएर मर्मत भइनसकेको सडकबाट दुध ओसार्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो ।जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले दुर्घटनाको खबर सुन्नासाथ त्यसतर्फ प्रहरी परिचालन गरी मुचुल्का बनाएर राईलाई पाँचथर अस्पताल ल्याउने तयारी भइरहेको बताउनुभयो । बाढी र पहिरोका कारण पाँचथरका ग्रामीण सडक क्षति हुँदा दुर्घटना बढेका छन् ।समाचार स्रोत गोरखा पत्र

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्