समय : ०४:४० pm | बुधबार , भाद्र ३१ गते २०८३

गृह मन्त्री अर्याल र भौतिक पूर्वाधार मन्त्री घिसिङ इलाम आउनुहुँदै

सेवालुङ खवर | असाेज २५ गते २०८२

इलाम, असोज २५ गते । गृहमन्त्री ओमप्रकाश अर्याल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ शनिबार इलाम आउँदै हुनुहुन्छ । उहाँहरु बाढीपहिरोका कारण इलाममा भएको क्षतिको निरीक्षण गर्न आउन लाग्नुभएको हो ।मन्त्रीद्वय अर्याल र घिसिङले मेची राजमार्गको माईखोलास्थित राजदुवालीमाथिको सडक खण्ड हुँदै पुवाखोलाको मिल गोलाईसम्मको स्थलगत अवलोकन, माईखोलास्थित बाढीले बगेको टापुु बस्तीका पीडितहरूलाई रातह हस्तान्तरणको कार्यक्रम रहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुुभयो ।यही असोज १८ गतेको वर्षापछि इलाममा पहिरोमा पुुरिएर ३९ जनाको ज्यान गएको थियो । यस्तै सर्वसाधारणका १५१ घरमा पूर्ण क्षति, ३२७ घरमा आंशिक क्षति र २७६ भौतिक संरचनामा क्षति पुुगेको र अझै विवरण सङ्कलन हुँदै गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।बाढीपहिरोबाट इलाममा रहेका दर्जनबढी जलविद्युत् आयोजना, मेची राजमार्गसहित जिल्लाका ग्रामीण सडक, विद्युत् तार तथा पोल, आधा दर्जनबढी पक्की पुललगायतमा क्षति पुुगेको छ ।यता एकसाता यता अवरुद्ध मेची राजमार्ग खुुलाउने काम जारी रहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । कार्यालयले दिन र रात दुुवै समयमा काम गरिरहेको र भरे सम्ममा राजमार्ग खुलाउने सम्भावना रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुुभयो । सरकारले यसअघि इलामलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरी सकेको छ ।समाचार स्रोत:गोरखापत्र अनलाइन,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्