समय : ०३:१९ pm | बुधबार , भाद्र ३१ गते २०८३

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङद्धारा विपद् आइहाले परिचालित हुन सरोकारवालाई आग्रह,

सेवालुङ खवर | असाेज १८ गते २०८२

ताप्लेजुङ,असोज १७ । जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले सम्भावित बाढी पहिरोको जोखिम आइहाले आवश्यक उपकरण र जनशक्तिसहित तुरुन्त परिचालित हुन सरोकारवाला पक्षलाई सजग गराएको छ ।जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले सम्भावित मनसुनजन्य विपद्मा सर्तकर्ता तथा पूर्व तयारीका क्रममा सरोकारवाला समक्ष ७ बुँदे आवश्यक निर्देशन र सुझाव अघि सार्नु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले अत्यन्त जरुरी अवस्था बाहेक घरबाट टाढा र रातिको समयमा यात्रा नगर्न तथा बर्षा र बाटोको अवस्था पूर्ण रुपले नियालेर मात्र सवारी साधन सञ्चालन गर्न आग्रह गरेको छ । पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तिहरुमा उच्च सर्तकर्ता अपनाउन, त्यस्तो जोखिम क्षेत्रका बासिन्दाले सुरक्षित स्थानका बारेमा जानकारी लिन र आवश्यक पर्नासाथ सोहि सुरक्षित स्थानमा सर्न जिल्ला विपद्व्यवस्थापन समितिले आग्रह गरेको छ ।विपद् व्यवस्थापन समितिले विपद् आइहाले राहत तथा उद्धारका लागि आवश्यक जनशक्ति र उपकरणसहित तुरुन्त परिचालित हुन जिल्लास्थित नेपाली सेनाको दुर्गादल गुल्म, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका अलवा नेपाल रेडक्रस सोसाईटी सहितका सामाजिक संघसंस्थालाई निर्देशन दिएको छ । मौसमविद्हरुले असोज २० गतेसम्म भारी बर्षाको सम्भावना औँल्याएपछि बर्षापछि उत्पन्न हुने सम्भावित विपद् बिरुद्ध जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत सजग गराएको छ । स्थानीय तहका प्रमुखको संयोजकत्वमा प्रत्येक स्थानीय तहमा स्थानीय तह विपद् व्यवस्थापन समिति रहेको हुन्छ । समाचार स्रोत – उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्