पसलहरु नखुलिएपछि विजया दशमी दसैँको दिन ताप्लेजुङ फुङ्लिङ बजार सुनसान। तस्बिर: – बसन्त लिम्बु लाबुङ्
ताप्लेजुङ,/ ताप्लेजुङमा दसैँ सुरु भएपछि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार भने सुनसान भएको छ । सर्वसाधारण बजारमा बस्दै आएकाहरु दसैँ मनाउँन गाउँ फर्किएपछि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार भने सुनसान भएको हो । सदरमुकाम फुङ्लिङ बजारमा बसेर पढ्ने विद्यार्थी, कर्मचारी, पेशा व्यवासय र रोजगारी गर्दै आएका सर्वसाधारण समेत दसैँ मनाउँन गाउँघर फर्किएपछि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार सुनसान जस्तै बनेको छ । दसैँ मनाउँने लगायत विजया दशमीको दिन भव्यरुपमा टीका जमरा लगाउने भएपछि उनीहरु गाउँघरमा फर्किएका हुन् ।सर्वसाधारण,तथा पढ्ने विद्यार्थी, कर्मचारी, पेशाव्यवासय र रोजगारी गर्दै आएकाहरु दसैँ मनाउँन सबै गाउँ फर्किएपछि बजार भने चहलपहल भएको छैन । भव्यरुपमा टीका जमरा लगाएर दसैँ मनाउँने भएपछि विभिन्न जाति, समुदायले आ–आफ्नो संस्कार र जिवन शैली अनुसार बनाइएका खानपिनका परिकारहरु सगैं खाएर दसैँ मनाउन सुरु गरे सगैं विजया दशमीको दिन फुङ्लिङ बजारमा,व्यवासय गर्दै आएका,पसलहरु नखुलिएपछि विजयादशमीको दिन भने बजार सुनसान बनेको छ ।










