समय : ०४:२७ pm | सोमबार , भाद्र २९ गते २०८३

पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन गर्न प्रतिवन्ध,

सेवालुङ खवर | असाेज ११ गते २०८२

ताप्लेजुङ, असोज ११ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन गर्न प्रतिवन्ध गरिएको छ । पवित्र धार्मिक पर्यटकीयस्थल भएकाले पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवन गर्न प्रतिवन्ध गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिले सूचना जारी गर्दै पाथीभरा क्षेत्रलाई पवित्र र शान्त राख्नका लागि मदिराजन्य वस्तुको बिक्रीवितरण साथै सेवन गर्नमा प्रतिवन्ध गरिएको उल्लेख छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले पवित्र धार्मिकस्थलको वातावरण शान्त र स्वच्छ राख्नका लागि मदिराजन्य वस्तुको प्रयोगमा रोक लगाइउको जानकारी दिनुभयो। मदिराजन्य वस्तु बिक्री वितरण र सेवन नगरी पवित्र धार्मिक पर्यटकीयस्थलमा वातावरण शान्त र स्वच्छ राख्नमा सहयोग गर्न पाथीभरा क्षेत्रको फेदी, बलुडाँडा, काफ्लेपाटीलगायत स्थानमा रहेका होटल व्यवसायीलाई आग्रह गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थसँगै पाथीभरा क्षेत्रका होटल व्यवसायको प्रवद्र्धनमा समेत टेवा पुग्ने भएकाले मदिरा प्रतिवन्ध गरिएको समितिका कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ ।पाथीभरा क्षेत्रका होटल तथा पसलमा मदिराजन्य वस्तुको बिक्री हुने गरेको पाइएकाले सम्बन्धित व्यवसायीलाई मदिरा बिक्री नगर्न समितिले अनुरोध गरेको छ । समितिले गरेको अनुरोधलाई बेवास्ता गरी मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन गरेर धार्मिक पर्यटकीयस्थलको वातावरण प्रदूषित र अशान्त बनाएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेतर्फ पनि सचेत गराएको छ ।पाथीभरा क्षेत्र विकास समितिले डेढवर्ष अघिदेखि नै पाथीभरा क्षेत्रमा मदिराजन्य वस्तुको प्रयोगमा प्रतिवन्ध लगाउने योजनाको सुरुवात गरेको थियो । यद्यपि, गएको सोमबार संयुक्त बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा केही मदिराजन्य वस्तु फेला परेपछि समितिले पुनः मदिरा प्रतिवन्ध गरिएको सूचना जारी गरेको हो । पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) भएकाले अहिले पाथीभरा धाममा भक्तजनको निकै भीड लागेको पनि समितिले जनाएको छ । चन्द्र पन्दाक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्