समय : ०२:४० pm | बुधबार , भाद्र ३१ गते २०८३

एघार जनालाई नाबालक परिचयपत्र वितरण,

सेवालुङ खवर | असाेज १० गते २०८२

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङमा पछिल्लो एक महिनाको अवधिमा एघार जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार भदौ महिनामा उक्त सङ्ख्यामा नाबालक परिचयपत्र वितरण गरिएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार चालु आवको दुई महिनाभित्र १८ जनालाई नाबालक परिचयपत्र वितरण भएको छ । उक्त सङ्ख्यामध्ये भदौमा ११ जना र गत साउन महिनामा छ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो ।नागरिकता प्राप्त गर्ने उमेर १६ वर्ष नपुगेकालाई आवश्यक परेको खण्डमा नाबालक परिचयपत्र प्रदान गर्ने व्यवस्था रहेको छ । नेपाली नागरिकता सरहको प्रमाणपत्रको रुपमा नाबालक परिचयपत्र जारी गरिन्छ भने स्थानीय प्रशासन ऐनअनुसार नाबालक परिचयपत्र प्रदान गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको हुन्छ । नेपाल नागरिकता ऐन र स्थानीय प्रशासन ऐनमा भएको व्यवस्थाअनुसार नाबालक परिचयपत्र वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार गत आवमा ९५ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको थियो । यसैबिच, भदौ महिनामा २२७ जनालाई नेपाली नागरिकता प्रदान गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयका अनुसार राहदानीसम्बन्धी सेवा ४६६ जनालाई प्रदान गरिएको छ । जसमा २४७ जनालाई राहदानी वितरण, १२ जनालाई राहदानीका लागि द्रुत सेवाको सिफारिस र २०७ जनालाई राहदानीको साधारण सिफारिस प्रदान गरिएको छ । त्यस्तै, भदौ महिनामै एक हजार ४३२ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको छ । राष्ट्रिय परिचपत्र कार्ड ५८ जनालाई वितरण गरिएको र २९ जनाको राष्ट्रिय परिचयपत्र विवरण सच्याइएको सहायक प्रजिअ खड्काले सार्वजनिक गर्नुभएको विवरणमा उल्लेख छ । चन्द्र पन्दाक

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्