समय : ०२:४० pm | बुधबार , भाद्र ३१ गते २०८३

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको तयारी,

सेवालुङ खवर | असाेज ८ गते २०८२

काठमाडौं ,अन्तरिम सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने तयारी गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी गठन भएको आयोग खारेज गर्ने तयारी गरेको हो।गत कार्तिकमा सरकारले प्यूठानका हरिप्रसाद रिजालको अध्यक्ष रहेको आयोग गठन गरेको थियो। अन्तरिम सरकारको मन्त्रिपरिषद् निर्णय गर्दै सरकारले भूमि समस्या समाधान आयोग खारेजी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको अर्थमन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले जानकारी दिए। अन्तरिम सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले मात्र स्वकीय सचिव राख्न पाउनेछन् ।त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाउने निर्णय भएको छ। स्रोत, अन्नपूर्ण प्रकाशित मिती असोज ८, २०८२ बुधबार,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्