समय : १२:४४ pm | बुधबार , भाद्र ३१ गते २०८३

पहिरोले एक घर विस्थापित, चार घर जोखिममा,

सेवालुङ खवर | भाद्र १६ गते २०८२

ताप्लेजुङ, भदौ १६ गते । ताप्लेजुङको सिरिजङ्घा–५ पेदाङमा पहिरोले एक परिवारलाई विस्थापित बनाएको छ । आइतबार रातिको भीषण वर्षासँगै गएको पहिरोका कारण पेदाङको होक्मा टोलका एक परिवार विस्थापित र चार घर जोखिममा परेका छन् ।

पेदाङका वडाध्यक्ष बमप्रसाद गौतमका अनुसार स्थानीय हाङमाया थुङ्गिम लिम्बूको परिवारलाई पहिरोले विस्थापित गरेको छ । यस्तै सोही टोलका अन्य चार घर पहिरोका कारण उच्च जोखिममा परेका वडाध्यक्ष गौतमले जानकारी दिनुभयो ।

पहिरोमा परेका केही पशुचौपायाको उद्दार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको स्थानीय खेलप्रसाद बुडाक्षेत्रीले जानकारी दिनुभयो । पहिरोबाट मानवीय क्षति भने हुन नपाएको पनि बुढाक्षेत्रीको भनाइ छ । यता पहिरोले विस्थापित भएको परिवारलाई उचित राहतको व्यवस्था गर्न र जोखिममा परेका परिवारको सुरक्षाको प्रबन्ध गर्न उहाँले विभिन्न तहका सरकारसँग माग गर्नुभएको छ ।

यता आइतबार राति नै सोही क्षेत्र अर्थात् सिरिजङ्घा गाउँपालिका–१ स्थित माथिल्लो काबेली जलविद्युत् आयोजनाको विद्युत् गृह क्षेत्रमा रहेको दुईवटा एक्साभेटर (मेसिन) र दुई वटा टिप्पर काबेली खोलामा आएको बाढीले बगाएको छ । प्रहरीका अनुसार काबेली खोलाले बगाएको एक्साभेटर विद्युत् गृहभन्दा करिब २० मिटर तल खोलामा डुबेका अवस्थामा देखिएका छन् भने टिप्परहरु हालसम्म फेला नपरेका प्रहरीले जनाएको छ ।चन्द्र पन्दाक

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्