समय : १२:४३ pm | बुधबार , भाद्र ३१ गते २०८३

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले सेवा प्रवाहलाई प्रभावकारी बनाउने

सेवालुङ खवर | भाद्र ११ गते २०८२

ताप्लेजुङ, भदौ १० गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । मङ्गलबार स्थानीय पत्रकार तथा सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा कार्यालयको सेवाप्रति नागरिकले प्राप्त गरेको सन्तुष्टिलाई थप व्यवस्थित गर्दै प्रभावकारी सेवा प्रवाह गर्ने प्रजिअ सेढाइँले प्रतिबद्धता जनाउनुभएको हो ।गृह मन्त्रालयबाट सरुवा भई सोमबार मात्र ताप्लेजुङ आइपुग्नुभएका प्रजिअ सेढाइँले सङ्घीय सरकारको प्रतिनिधि प्रशासकको भूमिकामा रहँदै सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्नो पहल रहने बताउनुभयो । उहाँले प्रभावकारी सेवासँगै कानुन र आदेशको कार्यान्वयन गर्ने विषयमा कुनै सम्झौता नहुने पनि उल्लेख गर्नुभयो । काम नपर्खौ, गरिहालौं भन्ने भावनासहित सबै पक्षसँग सहकार्य गरेर सेवा प्रवाहप्रति जिम्मेवार रहने पनि उहाँले बताउनुभयो । सङ्घ, प्रदेश तथा स्थानीय गरी तीनै तहका सरकारबिच समन्वय र सहकार्य गरेरै विकास र सुशासनलाई प्राथमिकता दिँदै जिल्लाको समग्र शान्ति सुव्यवस्था कायम गर्नमा पनि आफ्नो पहल रहने प्रजिअ सेढाइँको भनाइ छ। उहाँले आर्थिक तथा सामाजिक विकासका काममा पनि सहजकर्ताको पमा भूमिका निर्वाह गर्ने बताउनुभयो । जिल्लाको शान्ति सुरक्षा, सामाजिक सद्भाव, विकास निर्माणमा सहजीकरण तथा समन्वयको कार्यमा बन्ने योजनालाई कार्यान्वयन गर्ने विषयमा अधिकतम समय र जोड दिने पनि उहाँले बताउनुभयो । उहाँले स्थानीय सञ्चारकर्मीलाई विकास पत्रकारिता गर्न सुझाव पनि दिनुभयो । समाज सुधार र परिवर्तनको क्षेत्रमा पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहने भएकाले पत्रकारितालाई विश्वसनीय र प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सूचना उपलब्ध गराउने विषयमा कुनै कन्जुस्याइँ नहुने जिल्लास्थित अन्य सरकारी कार्यालयसँग आवश्यकता अनुसार समन्वय गरिदिने उहाँले बताउनुभयो । चन्द्र पन्दाक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्