समय : ०९:५० am | मङ्गलबार , भाद्र ३० गते २०८३

ताप्लेजुङका सुँगुर पालक कृषकले कुनैपनि हालतमा सुँगुरको खोर नहटाउने,

सेवालुङ खवर | श्रावण १९ गते २०८२

ताप्लेजुङ/ताप्लेजुङको फुङलिङ बजारमा रहेका सुँगुर पालक कृषकले सुँगुरको खोर नहटाउने भएको छ । फुङलिङ सदरमुकाममा पत्रकार सम्मेलन गर्दै कुनैपनि हालतमा सुँगुरको खोर नहटाउने दाबी गरेका छन् । नगरपालिकाले दुई पटक सूचना गरेपनी बजार क्षेत्र भित्र आसपासमा रहेका सुँगुरका खोरहरू हटाउन निर्देशन दिएसँगै सँगुर पालक कृषक आन्दोलित बनेको छ । फुङलिङ नगरपालिकाले पहिलो पटक असार २७ गते र दोश्रो पटक साउन १५ गते सूचना जारी गर्दै तत्काल खोरहरू हटाउन सूचना जारी गरेको थियो । सुँगुर पालक कृषकले आफ्नो आम्दानीका प्रमुख श्रोत रहेकाले कुनैपनि हालतमा नहटाउने अडान लिएको बतएका छन् । नगरपालिकाले आवश्यक छलफल, वार्तामा बोलाएर व्यवस्थापन गर्ने प्रयास नै नगरी आफ्नो व्यवसाय हटाउन निर्देशन दिएकोले आन्दोलनको सिर्जना भएको सुँगुर पालक कृषकहरु बतउछन् । बजार क्षेत्रमा करिब ५ सय जना भन्दा बढी स्थानीयले सुँगुर पालनबाट नै मनग्य आम्दानी गरिरहेकोले आफ्नो व्यवसायको सुनिश्चित गरि व्यवस्थापनमा लाग्न भने तयार रहेको बताएका छन् । नगरपालिकाले छलफल तथा समन्वय नगरी आफ्नो पेशाको अपहेलना गरेर आफुहरुमाथि अन्याय गर्न खोजेको आरोप सुँगुर पालक कृषकले जनाएका छन् । यता फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा भएका सुँगुरका खोरहरुबाट मलेरिया, डेँङ्गु लगायतका रोगहरू तथा वातावरणमा दुर्गन्ध फैलिएकोले गर्दा तत्कालै यस्ता खोरहरू हटाउनुपर्नेे सूचना जारी गरेको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्