समय : ०८:०७ am | मङ्गलबार , भाद्र ३० गते २०८३

हेवा खोलामा तत्काल बेलिब्रिज निर्माणकाे कार्य अघि बढाउन गृहमन्त्री समक्ष आग्रह,

सेवालुङ खवर | श्रावण २ गते २०८२

ताप्लेजुङ - पाँचथरको हेवा खोलामा तत्काल बेलिब्रिज निर्माणका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएइको छ । अस्थायी डाइर्भसनबाट यातायात सञ्चालन भइरहे पनि बर्खायाममा पानीको सतह बढेर डाइर्भसन बगाउने र पाँचथरको आधा भू–भाग संगै ताप्लेजुङ आवतजावतमा समेत समस्या हुने कुराको स्मरण गराउँदै कांग्रेस सह–महामन्त्री एंव संबिधानसभा सदस्य भिष्मराज आङदेम्बे सहितको प्रतिनिधिमण्डलले भेट गरी ध्यानाकर्षण गराएको नेपाली कांग्रेस पाँचथरका सभापति रुपनारायण जबेगुले जानकारी दिनुभयो । जवाफमा गृहमन्त्री लेखकले हेवाखोलामा आवश्यक तयारी गरी तत्काल काम सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको जिल्ला सभापति जबेगुले जानकारी बताउनुभयो । यस्तै पाँचथरको याङवरक गाउँपालिकाको थर्पूमा प्रहरी निरीषकको नेतृत्वमा इलाका प्रहरी कार्यालय स्तारोन्तीका लागि आग्रह गरिएका सभापति जबेगुको भनाई छ । नेपाली कांग्रेसले मात्र नभई समग्र जिल्लाको समस्या भएकाले सबै राजनीतिक दलकै तर्फबाट सरकार समक्ष आग्रह गरिएको सभापति जबेगुले बताउनुभयो । भेटमा कांग्रेस सह–महामन्त्री आङ्देम्बे, जिल्ला सभापति जबेगु, कोशी प्रदेशसभा सदस्य मैयाँ लावती (श्रेष्ठ) लगायतको उपस्थितीमा ध्यानाकर्षण गराईएको हो मेची राजमार्गमा पर्ने बेलिब्रिज गत वर्ष असोज १२ गते आएको बाढीले बगाएपछि उक्त स्थानमा पुनः जडानको काम भइरहेको थियाे जडानकाे कार्य अन्तिम चरणमा पुग्दा गत जेठ ३१ गते खसेको थियाे । बेलिब्रिज खस्दा ३ जना मजदुरको मृत्यु समेत भएको थियो । यो वर्ष पुल नबन्ने निश्चित भएपछि डिभिजन कार्यालय इलामले नयाँ विकल्प स्वरूप ‘पेनस्टक’ राखेर डाइभर्सन निर्माण गरेको छ। डिभिजनले वैकल्पिक व्यवस्थाका रूपमा चार थान पेनस्टक जडान गरेको हो । साभारः बिक्रम लाम्गादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्