समय : ०८:०७ am | मङ्गलबार , भाद्र ३० गते २०८३

पाँचथरको हेवा खोलामा यो वर्ष पुल नबन्ने भएपछि ‘पेनस्टक’ राखेर डाइभर्सन,

सेवालुङ खवर | असार ३१ गते २०८२

पाँचथर / मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा यो वर्ष पुल नबन्ने निश्चित भएको छ। जडान गर्दागर्दै बेलिब्रिज भाँचिएपछि तत्काल डाइभर्सन निर्माणको काम सुरु भएको हो ।बेलिब्रिज बनाउन समय लाग्ने भएपछि सडक डिभिजन कार्यालय इलामले नयाँ विकल्प स्वरूप ‘पेनस्टक’ राखेर डाइभर्सन निर्माण गरेको हो। डिभिजनले वैकल्पिक व्यवस्थाका रूपमा चार थान पेनस्टक जडान गरेको हो। जडान गरेका मध्ये एकथान तीन दशमलव ५ मिटर र तीन थान दुई दशमलव दुई मिटर उचाइका रहेका छन् ।

पाइपबाट प्रति सेकेन्ड ७८ घनमिटरका दरले पानी बग्ने सडक डिभिजन इलामका इञ्जिनियर सिताराम गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सोमबारदेखि डाइभर्सन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। पेनस्टक ताप्लेजुङका तीनवटा जलविद्युत् आयोजना सञ्चालकबाट प्राप्त भएका हुन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको विशेष समन्वयमा हाइड्रोपावर सञ्चालकबाट पाइप प्राप्त भएलगत्तै संरचना निर्माणको काम अघि बढाइएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो ।

यो डाइभर्सन निर्माणका लागि करिब पाँच लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्राविधिकको भनाइमा ठूलो परिमाणमा पानी बग्ने भएकाले ठूला ढुंगा बगेर नआएसम्म सवारी आवागमन सहज हुनेछ । हेवा खोलामा पहिलोपटक २०८० साल असार २ गतेको बाढीले पक्की पुल बगाएको थियो। २०८१ असोज १२ गते त्यहाँको बेलिब्रिज पनि बाढीले बगाएपछि तेस्रोपटक मोडुलर ब्रिज जडान गर्दा गर्दै २०८२ जेठ ३१ गते भाँचिएको हो ।पुल नहुँदा ताप्लेजुङ र पाँचथरका याङवरक, हिलिहाङ र फालेलुङ गाउँपालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित हुँदै आएका छन् । नयाँ डाइभर्सनले आगामी वर्षा यामभर स्थानीयवासी र यात्रुलाई राहत हुने विश्वास गरिएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्