समय : १२:४५ am | शनिबार , वैशाख ४ गते २०८३

कञ्चनजंघा हीरक महोत्सवको पत्रकार सम्मेलन मार्फत आयव्यय विवरण सार्वजनिक,

सेवालुङ खवर | असार २८ गते २०८२

ताप्लेजुङ / गत महिना अघि वैशाख ५ देखि ७ गते सम्म महोत्सव सञ्चालन गरेको शनिबार पत्रकार सम्मेलन मार्फत सदरमुकाम फुङलिङमा आयव्यय विवरण सार्वजनिक गरेको छ । हिमाल आरोहण गरेको ७० औँ वर्ष पुगेको अवसरमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यावस्थापन परिषदले फक्ताङलुङ गाउँपालिकाको ६ नम्बर लेलेप अवस्थित कञ्चनजंघा हीरक महोत्सव आयोजना गराएको थियो ।

आज शनिबार सदरमुकाम फुङलिङमा आयव्यय सार्वजनिक विवरण सहितको पत्रकार सम्मेलन गर्दै ३० लाख ९४ हजार ३ सय ३६ रुपियाँ घाटा भएको आयोजकले बताएको हो । विश्वको तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण गरेको ७० औँ वर्ष पुगेको अवसरमा आयोजित हीरक महोत्सवमा १ करोड ८ लाख ४४ हजार ३ सय ३६ रुपियाँ खर्च भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यावस्थापन परिषदले जनाएको छ ।

आम्दानी भने ७७ लाख ५० हजार रुपियाँ मात्र भएको र कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन कार्यालय काँकडभिट्टा मार्फत ३० लाख, रुपियाँ रकम प्राप्त नहुँदा घाटा भएको आयोजकले जनाएको छ । महोत्सव सञ्चालनका लागि मन्त्रालय मार्फत ३० लाख, रुपियाँ विनियोजन गर्ने निर्णय समेत भएपनि रकम उपलब्ध नभएको र दातृ निकायबाट रकम उपलब्ध नभएपनि महोत्सवमा भएको खर्च भुक्तानीका लागि विभिन्न संघसंस्था समक्ष सहयोगका लागि अपिल गर्ने कञ्चनजंघा संरक्षण क्षेत्र व्यावस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्