समय : ०७:३५ am | मङ्गलबार , भाद्र ३० गते २०८३

पाँचथरस्थित हेंवा खोलाको डाइभर्सन मर्मतपछि १५ घण्टामा मेची राजमार्ग सुचारु,

सेवालुङ खवर | असार २५ गते २०८२

फिदिम, असार २५ गते । लगातारको वर्षासँगै आएको बाढीले डाइभर्सनमा क्षति पुगेपछि अवरुद्ध भएको मेची राजमार्ग सुचार भएको छ । अवरुद्ध भएको पाँचथरस्थित हेंवा खोलाको डाइभर्सन मर्मतपछि १५ घण्टापछि सुचारु भएको हो ।

फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा मङ्गलबार साँझ ६ बजे आएको बाढीले डाइभर्सनमा क्षति गर्दा यातायात पूर्णरूपमा ठप्प भएको थियो । सडक डिभिजन कार्यालय इलाम, सुरक्षा निकाय र स्थानीयवासीहरूको सक्रिय प्रयासपछि बुधबार बिहान डाइभर्सन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो ।

डाइभर्सन मर्मत गरी पुनः राजमार्गमा यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कौशल कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

यो सडक पाँचथरको हिलिहाङ, याङवरक तथा छिमेकी जिल्ला ताप्लेजुङसँग आवतजावत गर्ने मुख्य सडक हो । खोलामा पटकपटक बाढी आउँदा बेली ब्रिज बग्ने घटना भइरहेकाले अहिले डाइभर्सनमार्फत अस्थायी रुपमा सवारी आवागमन सञ्चालन हुँदै आएको छ । गत जेठ ३१ गते निर्माणाधीन बेली ब्रिज भाँचिँदा तीन जनाको ज्यान गएको थियो ।साभार:गोरखा पत्र अनलाईन,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्