समय : ०७:३३ am | मङ्गलबार , भाद्र ३० गते २०८३

आगलागीबाट एक घर जलेर नष्ट,

सेवालुङ खवर | असार २५ गते २०८२

ताप्लेजुङ, असार २५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आगलागीबाट एक घर नष्ट भएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–९ हाङ्देवा टाकुरेका टीकाराम पौडेलको घर आगलागीबाट नष्ट भएको हो ।

हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार ढुङ्गा, माटो र काठको प्रयोग गरी बनाइएको पौडेलको घर आगलागीबाट पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट घरभित्र रहेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

घर आगलागी हुँदा भएको क्षतिको यकिन विवरण आइनसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ । यता विद्युत् सर्ट भएर घरमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष गुरुङको भनाइ छ ।साभार चन्द्र पन्दाक गोरखा पत्र अनलाईन,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्